IME Life New

एक दिनको बाढीले ८ वटा जलविद्युत आयोजना क्षतिग्रस्त, अर्बभन्दा माथि क्षतिको अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीनको तिब्बतमा उदगम रहेको उत्तरी नाका हुँदै नेपालतिर बग्ने भोटेकोशी नदीमा मंगलबार आएको भीषण बाढीले आधा दर्जनभन्दा बढी जलविद्युत आयोजनाको संरचनामा क्षति पुगेको छ।

यसबाहेक अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका वडा नम्बर ९ पैयुँथन्थाप हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्ण रूपमा क्षति पुर्‍याएको छ।

Esewa
Crest

त्रिशूली नदीमा आधारित ७ वटा जलविद्युत आयोजना क्षतिग्रस्त हुँदा करिब २५० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट बिच्छेद भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । तिब्बतमा उदगम रहेको भोटेकोशी नदी त्रिशूली र सुनकोशी नदीको श्रोत हो ।

नेपाल विद्युत प्राधिकरणले बुधबार जारी गरेको विज्ञप्ती अनुसार १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको बाँध संरचना पूर्णरूपमा क्षति भएको छ। २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको पानी निकासमा बाढी पसेर क्षति हुँदा उत्पादन ठप्प हुन पुगेको छ।

६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ को बाँध पुरिएकाले उत्पादन ठप्प छ । बाढीबाट तल्लो तटमा रहेका २५ मेगावाटका त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत् केन्द्रको उत्पादन बन्द भएको छ । निजी क्षेत्रबाट सञ्चालित अपर मैलुङ र तादी जस्ता जलविद्युत् केन्द्रको समेत उत्पादन ठप्प भएको छ ।

प्राधिकरणका अनुसार, त्रिशूलीमा बाढीले नदीको धार परिवर्तन गरी त्रिशूली–३ ‘बी’ हब सबस्टेसनभित्र छिरेर १३२ केभीको बे सहितको संरचनामा क्षति पुर्‍याएको छ । जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत केन्द्रको विद्युत गृहमा पहिरोले क्षति पुगेको छ। ६३५ किलोवाटको जलविद्युत गृह भत्किएको र विद्युत उत्पादन युनिट बन्द हुन पुगेको छ।

जलविद्युत अायोजनाहरूमा बाढीका कारण भएको क्षतिबाट ५ अर्ब रूपैयाँ भन्दा बढीको नोक्सानी भएको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS