IME Life New

आर्थिक वृद्धिदर ४.६१%, प्रतिव्यक्ति आय १५१७ डलर पुग्ने अनुमान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०८१।८२ मा मुलुकको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत कायम हुने प्रक्षेपण गरेको छ।

काठमाडौंमा बुधबार कार्यालयले एक कार्यक्रम आयोजना गर्दै आर्थिक वृद्धिदरलाई लिएर यस्तो प्रक्षेपण गरेको हो। गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर बढ्ने कार्यालयको अनुमान छ। गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो। त्यसअघि आर्थिक वर्ष २०७९।८० मा १.९८ प्रतिशत थियो।

Esewa
Crest

यसैगरी गरी कार्यालयले चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १ हजार ५१७ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ। गत आर्थिक वर्ष प्रतिव्यक्ति आय १ हजार ४६७ अमेरिकी डलर थियो।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय ५० डलरले बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS