IME Life New

ई–पेन्सन भेरिफिकेसन सिस्टम सुरु, अब घरबाटै पेन्सनसम्बन्धी सेवा लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले ई–पेन्सन भेरिफिकेसन सिस्टम सुरु गरेको छ। योसँगै अब सेवा निवृत्त कर्मचारीले घरबाटै आफ्नो पेन्सनसम्बन्धी सेवा लिन सक्नेछन्।

महालेखा नियन्त्रक कार्यालयले सेवा निवृत्त राष्ट्रसेवक कर्मचारीहरुको निवृत्तभरण व्यवस्थापनसम्बन्धी सम्पूर्ण कार्यलाई स्वचालित बनाउने गरी यो प्रणालीको विकास गरेको हो। यो प्रणालीको आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुभारम्भ गरेका छन्।

Esewa
Crest

सरकारी सेवाहरुलाई थप सरल, सहज, नागरिकमैत्री र प्रविधिमैत्री बनाउन यो प्रणालीको विकास गरिएको महालेखाले जनाएको छ। योसँगै अब सेवा निवृत्त कर्मचारी (निजामती, शिक्षक, नेपाली सेना, प्रहरी)ले निवृत्तभरण व्यवस्थापन कार्यालयको वेबसाइटमा पेन्सन डट कम डट एनपीमा गएर आईपीएमएस–२ बटनमा क्लिक गरी आफ्नो घरबाटै पेन्सनसम्बन्धी सेवा लिन सक्ने महालेखाको भनाइ छ। यसका साथै सेवा प्रयोगसम्बन्धी कुनै जिज्ञासा वा अस्पष्टता भएमा सोही प्रणालीमा उपलब्ध आईपीएमएस भिडियो ट्युटोरियलमा हेर्न सकिने व्यवस्था पनि महालेखाले गरेको छ।

यस प्रणालीको कार्यान्वयनसँगै अब सेवा निवृत्त कर्मचारीले वार्षिक रुपमा आफूले पेन्सन लिइरहेको बैंकमा भौतिक रुपमा उपस्थित भई प्रमाणीकरण गराउनुपर्ने अवस्थाको अन्त्य भएको छ। यसका साथै सेवाग्राहीले आफूलाई पायक पर्ने बैंकमा पेन्सन खाता खोल्नका लागि निवृत्तभरण व्यवस्थापन कार्यालय जानुपर्ने बाध्यता पनि हटेको छ।

यसबाट सेवा निवृत्त कर्मचारीले पेन्सन सुविधा लिँदा थप सहज, मितव्ययी र प्रभावकारी हुने महालेखाको अपेक्षा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS