IME Life New

हल्लाको पछि नलाग्नुहोस्, उद्योगी-व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको छैनः अर्थमन्त्रीे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई धरपकड गर्दैछ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन्।

काठमाडौंमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा अर्थमन्त्री वाग्लेले यस्तो आग्रह गरेका हुन्। उनले भने, ‘निजी क्षेत्रका व्यवसायीलाई थुन्ने धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन र होइन। तपाइँहरु हल्लाको पछि नपर्नुस्, तपाइँहरु हाम्रो साझेदार हो।’

Esewa
Crest

अर्थमन्त्री वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनाको निजी क्षेत्र साझेदार रहेको पनि बताए। उनले सरकारका पाँच प्राथमिकताका बारे पनि प्रस्ट्याए।

वाग्लेका अनुसार सरकारको पहिलो प्राथमिकता सुशासन हो । ‘दोस्रो अर्थतन्त्रको पुनरुत्थान हो भने तेस्रो मुलुकमा आन्तरिक र बाह्य कनेक्टिभिटी हो’, उनले भने, ‘यस्तै चौथो प्राथमिकता सामाजिक लगानी र पाँचौँ पर्यटन, संसकृति र इतिहासमार्फत सौम्य शक्ति विस्तार हो ।’

अर्थतन्त्रको जहाज मोड्ने अवस्थामा मुलुक रहेको भन्दै अर्थमन्त्री वाग्लेले त्यसका लागि आगामी बजेटसम्म पर्खिन पनि उद्योगी–व्यवसायीलाई आग्रह गरे। राजनीतिक स्थायित्व र इमानदारीपूर्वक देश अघि बढाउँदा छिमेकी मुलुक भारतले गरेको प्रगतिको उदाहरण दिँदै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सत्ता सम्हाल्ने समय र अहिले नेपालको अर्थतन्त्रको केही सूचकहरु समान रहेको बताए।

‘सन् २०१४।१५ मा भारतीय प्रधानमन्त्री मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रको केही सूचक नेपालकै अहिलेकै हाराहारी थियो’, उनले भने, ‘तर, पछिल्लो १२ वर्षमा त्यो फड्को मारेर कहाँबाट कहाँ पुग्यो । हामी पनि सोहीबाटो लाग्ने बेला भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS