IME Life New

बाली बीमामा भारतमा पनि व्यापक ठगी, नियन्त्रण गर्न यस्तो उपाय अपनाइयो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको महाराष्ट्र राज्यमा प्रधानमन्त्री बाली बीमा योजना अन्तर्गत वर्ष दिनै ४ लाखभन्दा बढी बीमा आवेदन अस्वीकृत गरिएका छन् । विधान परिषद्लाई सम्बोधन गर्दै कृषी राज्यमन्त्री माणिकराव कोकाटेले दिएको लिखित जवाफमा सन् २०२४ को शरद ऋतुमा प्रस्ताव गरिएको कृषी बाली बीमामध्ये ४ लाख ३० हजार आवेदन अस्वीकृत गरिएका हुन् ।

बीमा आवेदन अस्वीकृत गरिनुमा सार्वजनिक स्वामित्वको जग्गा, नगरपालिकाको जग्गा, वास्तविक स्वामित्वभन्दा बढी क्षेत्रफलमा बाली लगाएको दाबी र अयोग्य बालीको बीमा प्रस्ताव रहेको उनले बताएका छन् ।

Esewa
Crest

२०२४ को शरद ऋतुमा बाली बीमा योजना अन्तर्गत ४ लाख ३० हजार बीमा आवेदनहरू अस्वीकृत भएकोमा २०२३ मा सो ऋतुमा २ लाख ८५ हजार  आवेदनहरू अस्वीकृत भएका थिए।

फर्जी बीमा प्रस्तावको छानबिन गर्न केन्द्र सरकारले भू उपग्रह प्रणालीको प्रयोग गरिरहेको छ। किसानले अक्षांश र देशान्तरका आधारमा बाली लगाइएको खेतको अवस्थिति बीमा प्रस्तावमै उल्लेख गर्नुपर्छ। बीमा प्रस्तावमा उल्लेखित अक्षांश र देशान्तर र खेतको कुल क्षेत्रफलको आधारमा बाली खेती गरिएको वा नगरिएको बारेमा भूउपग्रहले खिंचेको तस्वीरका आधारमा यकीन गरिन्छ। बीमा प्रस्तावमा तोकिएको स्थानमा बाली खेती नभएको वा सीमित क्षेत्रमा मात्र खेती गरिएको वा खेती गरिएको जग्गा जमिन सार्वजनिक प्रयोगको जग्गा जमिन रहेको पुष्टी भएको अवस्थामा सरकारले बीमा प्रस्ताव नै अस्वीकृत गरिदिन्छ।

भारतमा २०१६ को शरद ऋतु बाली बीमा योजना शुरू भएदेखि, महाराष्ट्रमा किसानको व्यापक सहभागिता देखिएको छ। खरीफ २०२४ को लागि मात्र, लगभग १५ लाख किसानहरूले बाली बीमा योजना अन्तर्गत आवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS