IME Life New

कुल बीमाशुल्क आम्दानी २२ प्रतिशतले बढ्दा पनि बागमती बाहेक अन्य प्रदेशको योगदान घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरूको पहिलो त्रैमासिक अवधिमा कुल बीमाशुल्क झण्डै २२ प्रतिशतले बढ्दा बागमती बाहेक सबै प्रदेशको योगदान हिस्सा खुम्चिएको छ।

कुल बीमाशुल्क संकलनमा बागमतीको हिस्सा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा यो वर्ष पहिलो त्रैमासिक अवधिमा २.९६ प्रतिशत वृद्धि भएर ४६.०७ प्रतिशत पुगेको छ। बागमतीले नपुग ३ प्रतिशतले हिस्सा बढाउँदा बाँकी ६ वटै प्रदेशको योगदानको हिस्सा ०.०८ प्रतिशत देखि ०.८२ प्रतिशतसम्मसम्म खुम्चिएको हो। बागमतीको सर्वाधिक योगदान हुँदा सबैभन्दा थोरै कर्णालीको २.९४ प्रतिशतको योगदान छ।

Esewa
Crest
जीवन बीमा कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमास अवधिमा संकलन गरेको कुल बीमाशुल्कको वृद्धि दर। श्रोतः नेपाल बीमा प्राधिकरण

बागमती बाहेकका प्रदेशको प्रादेशिक योगदान हिस्सा खुम्चिए पनि सातवटै प्रदेशको कुल बीमाशुल्क संकलन दोहोरो अंकले बढेको छ। आर्थिक वर्ष २०८१।८२ को पहिलो त्रैमासको तुलनामा कुल बीमाशुल्कको औसत वृद्धिदर १७.८९ प्रतिशत रह्यो। यो मध्ये बागमती प्रदेशले ३०.३२ प्रतिशतको उल्लेख्य वृद्धि हासिल गरेको छ।  गत आवको पहिलो त्रैमासमा बागमती प्रदेशको कुल बीमाशुल्क संकलन ७.८८ प्रतिशतले खुम्चिएको थियो। वृद्धि दरका हिसाबले १८.५६ प्रतिशतको वृद्धि दर सहित बागमती पछि कर्णाली दोश्रो स्थानमा रह्यो।

बीमालेख बिक्रीबाट प्राप्त प्रथम बीमाशुल्क आम्दानीमा झण्डै २८ प्रतिशतको उल्लेख्य वृद्धि हुँदा बागमती प्रदेशको कुल बीमाशुल्क संकलनमा सकारात्मक प्रभाव देखिएको हो।

चालू आर्थिक वर्ष २०८२।८३ को असोज मसान्तसम्ममा जीवन र लघु जीवन बीमकले १० अर्ब ६६ करोड प्रथम बीमाशुल्क सहित कुल ५० अर्ब ३६ करोड ७३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS