IME Life New

सिटिजन लाइफको सीईओमा पुनः पोषकराज पौडेल नियुक्त, अब्बल कम्पनी बनाउन अहम् भूमिका

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः पोषकराज पौडेल नियुक्त भएका छन्।

कम्पनी सञ्चालक समितिको शुक्रबार (मंसिर १९ गते) बसेको बैठकले पौडेललाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो। उनको ४ वर्षे अर्को एक कार्यकालको यो नियुक्ति आउँदो पुस ३० गतेबाट लागू हुनेछ।

Esewa
Crest

पौडेल बीमा क्षेत्रमा बौद्धिक तथा स्वच्छ छवि बनाएका व्यक्तित्व हुन्। उनले सिटिजन लाइफलाई ८ वर्षमा अब्बल संस्था बनाउन अहम् भूमिका निर्वाह गरेका छन्।

पौडेलको हालको दोस्रो कार्यकाल अवधि यही पुस मसान्तबाट सकिँदैछ। उनी सिटिजन लाइफको सीईओमा २०७४ माघमा नियुक्त भएका थिए।

सीईओ पौडेलसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा ३ दशकभन्दा लामो समय बिताइसकेका छन्। सिटिजनमा आउनुअघि उनी अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी मेटलाइफमा वित्त प्रमुखका रुपमा कार्यरत थिए।

त्रिभुवन विश्वविद्यालयबाट एमबीए तथा एसीएस र एफएलएमआई (यूएसए)को अध्ययन पूरा गरेका पौडेलले स्वदेश र विदेशमा नेतृत्व विकास तथा व्यवस्थापन विषयमा तालिमसमेत लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

71%
happy

खुसी

14%
sad

दु :खी

0%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS