काठमाडौं । गत आर्थिक वर्ष २०८१।८२ को पहिलो ६ महिनामा बागमती प्रदेशमा सबैभन्दा बढी घरभवनको स्थायी नक्सा पास भएको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको अर्द्ध वार्षिक आर्थिक समिक्षा प्रतिवेदनमा गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा बागमती प्रदेशमा स्थायी नक्सा पास ३७.३३ प्रतिशतको उल्लेख्य अंकले बढेको छ।
प्रतिवेदन अनुसार, सुदुरपश्चिम प्रदेशमा भने सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम ४.७७ प्रतिशत घरभवन स्थायी नक्सा पास भएका छन्। समिक्षा अवधिमा देशभरबाट कुल १४ हजार ९९२ वटा घरभवनको स्थायी नक्सा पास भएको थियो।

सम्पत्ति बीमाका हिसाबले निर्जीवन बीमकका लागि बागमती प्रदेश सबैभन्दा धेरै व्यवसाय हुने प्रदेश हो। बागमती प्रदेशभित्र घरभवनको स्थायी नक्सापासको वृद्धिले निर्जीवन बीमकको सम्पत्ति बीमामा सकारात्मक प्रभाव पारेको छ।
नेपाल बीमा प्राधिकरणका अनुसार, गत आर्थिक वर्षको समिक्षा अवधिमा निर्जीवन बीमकको सम्पत्ति बीमावापतको बीमाशुल्क आम्दानी अघिल्लो आव २०८०।८१ को सोही अवधिको तुलनामा १८ प्रतिशत वृद्धि भएको छ।
प्राधिकरणका अनुसार, अघिल्लो आवको तुलनामा गत आव पुस मसान्तसम्ममा निर्जीवन बीमकको सम्पत्ती बीमावापतको बीमाशुल्क आम्दानी १६ प्रतिशतले वृद्धि भएको छ।
| सम्पत्ती बीमाबाट संकलित बीमाशुल्क रकम (रू लाखमा) | ||||
| प्रदेश | 2081।82 (पुसमसान्तसम्म) | २०८०।८१ (पुसमसान्तसम्म) | अन्तर(रू लाखमा) | वृध्दि प्रतिशत |
| कोशी | 7,219.64 | 6,670.92 | 548.72 | 8% |
| मधेश | 5,721.01 | 4,862.63 | 858.38 | 18% |
| बाग्मती | 30,797.10 | 25,993.84 | 4,803.26 | 18% |
| गण्डकी | 2,730.14 | 2,409.92 | 320.22 | 13% |
| लुम्बिनी | 6,174.04 | 5,516.49 | 657.55 | 12% |
| कर्णाली | 578.80 | 543.7 | 35.10 | 6% |
| सुदुरपश्चिम | 1,678.03 | 1,433.25 | 244.78 | 17% |
| जम्मा | 54,898.76 | 47,430.75 | 7,468.01 | 16% |
बागमती प्रदेशमा घरभवनको सर्वाधिक स्थायी नक्सा पास बढेकोमा भएकोमा मधेश प्रदेशमा भने घरजग्गा रजिष्ट्रेशन सर्वाधिक वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको अर्द्ध वार्षिक आर्थिक समिक्षा प्रतिवेदनमा गत आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा मधेश प्रदेशमा २४.५१ प्रतिशतले घरजग्गा रजिष्ट्रेशन वृद्धि भएको हो। घरजग्गा रजिष्ट्रेशन सबैभन्दा कम कर्णाली प्रदेशमा ३.६५ प्रतिशत रहेको छ ।
समिक्षा अवधिभित्र मधेश प्रदेशका मालपोत कार्यालयहरूले कुल २ लाख २३ हजार १४६ वटा घरजग्गा रजिष्ट्रेशन पास गरेका छन् । घरजग्गा रजिष्ट्रेशनबाट मधेश प्रदेशमा ४ करोड ८ लाख ६४ हजार रूपैयाँ राजश्व संकलन भएको छ।
घरजग्गा रजिष्ट्रेशन वापतको राजस्व सबैभन्दा धेरै बागमती प्रदेशले ५७.८८ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशले जम्मा १.३५ प्रतिशत सङ्कलन गरेका छन्। बागमती प्रदेशले ६० करोड १८ लाख रूपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरेको छ।
व्यक्ति वा संस्थाहरू स्वामित्वमा रहेको घरजग्गा अरू कसैको स्वामित्वमा नामसारी हुँदा अनिवार्यरूपमा मालपोत कार्यालयमा रजिष्ट्रेशन अर्थात् नामसारी गराउनुपर्ने प्रावधान छ। यसैगरी भवन निर्माण कार्य सम्पन्न भएपछि स्थानिय तहबाट अनिवार्यरूपमा अन्तिम नक्सा पास गराउनुपर्छ।
राष्ट्र बैंकका अनुसार, गत आवको पहिलो ६ महिनामा देशव्यापीरूपमा घरजग्गा रजिष्ट्रेसन संख्या ६.२६ प्रतिशतले घटेर २ लाख २३ हजार १ सय ४६ पुगेको छ। रजिष्ट्रेशन संख्या घटेपनि घरजग्गा रजिष्ट्रेशनबाट प्राप्त हुने राजश्व संकलन २.९३ प्रतिशतले बढेर १० अर्ब ३९ करोड ७ लाख रूपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा घरभवन नक्सा पास संख्या ४.९१ प्रतिशतले घटेर १४ हजार ९ सय ९२ पुगेको छ।

















