IME Life New

जीवन बीमकको ६% ले बढ्यो व्यापार, कसको बिजनेस ग्रोथ कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो महिना साउनमा जीवन बीमा कम्पनीले १९ अर्ब ६५ करोड रुपैयाँ बढीको व्यापार गरेका छन्।

नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमकले साउनमा १९ अब ६५ करोड ३३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो वर्ष २०८१।८२ को साउनमा यी कम्पनीले १८ अर्ब ५३ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुको व्यापार ६.०२ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिमा सर्वाधिक व्यापार भित्र्याउनेमा नेपाल लाइफ रहेको छ भने व्यापार वृद्धिको हिसाबले आइएमई लाइफ अगाडि रहेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ११ वटा कम्पनीको व्यापार बढेको छ भने ३ वटाको घटेको छ।

चालु आर्थिक वर्षको साउनमा नेपाल लाइफले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष साउनमा कम्पनीले ५ अर्ब ७१ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ८.४४ प्रतिशतले बढेको छ।

दोस्रोमा नेसनल लाइफ रहेको छ। अघिल्लो वर्ष साउनमा २ अर्ब २६ करोड ५४ लख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर २ अर्ब ४१ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार ६.५८ प्रतिशतले बढेको छ।

तेस्रो धेरै व्यापार भित्र्याउनेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ। यो कम्पनीले चालु आर्थिक वर्षको साउनमा २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले २ अर्ब ७ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको व्यापार १.८४ प्रतिशतले घटेको छ।

यसैगरी चालु आर्थिक वर्षको साउनमा हिमालयन लाइफले २ अर्ब २ करोड ८१ लाख रुपैयाँ, सूर्यज्योति लाइफले १ अर्ब २४ कोड ५२ लाख रुपैयाँ, एसियन लाइफले ९४ करोड ८६ लाख रुपैयाँ र सिटिजन लाइफले ८५ करोड ६४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा हिमालयन लाइफको ४.८८ प्रतिशत, सूर्यज्योति लाइफको १०.२६ प्रतिशत, एसियन लाइफको २.२९ प्रतिशत र सिटिजन लाइफको १२.०८ प्रतिशतले व्यापार बढेको छ।

समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफले ७१ करोड ९५ लाख रुपैयाँ, आइएमई लाइफले ६७ करोड ५ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ६१ करोड ६८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५८ करोड १७ लाख रुपैयाँ र मेट लाइफले ५३ करोड ९९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिको तुलनामा समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफको ६.४४ प्रतिशत, आइएमई लाइफको २३.५३ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ५ प्रतिशत, रिलायबल नेपाल लाइफले १६.४१ प्रतिशत र मेट लाइफको ६.८१ प्रतिशतले व्यापार बढेको छ।

त्यस्तै चालु आर्थिक वर्षको साउनमा राष्ट्रिय जीवन बीमा कम्पनीले ४३ करोड ३९ लाख रुपैयाँ र सन नेपाल लाइफले ३६ करोड ५२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा राष्ट्रिय जीवन बीमा कम्पनीको ७.४४ प्रतिशत र सन नेपाल लाइफको १८.६१ प्रतिशतले व्यापार घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

25%
amazed

अचम्मित

25%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS