IME Life New

बजेट समग्रमा सन्तुलितः चेम्बर उपाध्यक्ष पाण्डे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सन्तोष पाण्डेले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित भएको बताएका छन्।

इकोनोमिक मिडिया सोसाइटी ९इम्सन०ले आर्थिक वर्ष २०८२।८३ को बजेटका सम्बन्धमा छलफलका लागि आयोजित कार्यक्रममा उपाध्यक्ष पाण्डेले बजेट सन्तुलित भए पनि कार्यान्वयन भने चुनौतीपूर्ण हुने बताए। ‘बजेटले लिएको राजस्व संकलन लक्ष्य पूरा गर्न चुनौती हुने देखिएको छ, वैदेशिक ऋण र अनुदान पनि चुनौतीपूर्ण छ’, उनले भने, ‘चालु आर्थिक वर्षमा पुँजिगत खर्च कमजोर भएको उल्लेख गर्दै क्यालेन्डर नै बनाएर पुँजीगत खर्च गर्न आवश्यक छ।’

Esewa
Crest

पाण्डेले बजेटले विभिन्न क्षेत्रमा दिएका छुट तथा सहुलियतपूर्ण कर्जा स्वागतयोग्य भएको उल्लेख गरे। साथै सूचना प्रविधिका क्षेत्रमा सरकारले बजेटमार्फत लिएका नीति पनि निकै सकारात्मक भएको उनको भनाइ छ। ‘बजेटले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ, त्यसलाई पूरा गर्नका लागि सोहीअनुसारको मौद्रिक नीति जरुरी हुन्छ, त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्छ’, उनले भने।

यसका साथै रुग्ण उद्योगका समस्या समाधान पनि सरकारले ध्यान दिनुपर्ने पाण्डेको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS