काठमाडौं । मुलुकको चालु खाता र शोधानान्तर स्थिति दुवै बचतमा रहेको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना जेठसम्मको तथ्यांकबाट यस्तो देखिएको हो। समीक्षा अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब अर्ब ३८ करोड रुपैयाँले बचतमा रहेको थियो।
यसैगरी समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँले बचतमा रहेको थियो।

















