IME Life New

बीमा ऐनलाई चुनाैती दिंदै एशियन लाईफले सार्वजनिक गर्‍यो निर्वाचन तालिका

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले बीमा ऐन २०७९ को प्रावधानलाई चुनाैती दिंदै जम्मा ६ सदस्यीय सञ्चालक समिति चयन गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको छ। इन्स्योरेन्सको निर्वाचन समितिले  कम्पनी ऐन २०६३ को प्रावधानलाई समेत चुनाैती दिएको छ।

निर्वाचन अधिकृत रत्नसुन्दर खुजुले हस्ताक्षर गरेको सोमबार दिउँसो इन्स्योरेन्सको वेबसाइटमार्फत सार्वजनिक सूचनामा निर्वाचन प्रकृयाबाट जम्मा ५ जना सञ्चालक चयन गरिने भएको छ। अर्का एक स्वतन्त्र सञ्चालकको चयन सञ्चालक समितिको प्रस्तावमा साधारण सभाले गर्नेछ। यसरी इन्स्योरेन्सको सञ्चालक समिति जम्मा ६ सदस्यीय हुने भएको छ।

Crest

बीमा ऐन २०७९ को दफा ४७ मा बीमकको सञ्चालक समितिमा एकजना स्वतन्त्र सञ्चालक सहित कम्तीमा पाँच र बढीमा सात जना सञ्चालक रहने व्यवस्था छ। कम्पनी ऐन २०६३ को दफा ८६ ले सञ्चालक समिति सदस्य बेजोर संख्यामा हुनुपर्ने र न्यूनत्तम ३ देखि बढीमा ११ जनासम्मको सञ्चालक समिति हुनुपर्ने व्यवस्था गरेको छ।

बीमा ऐन २०७९ को दफा ४७

एशियन लाईफको निर्वाचन समितिले, बीमा ऐन र कम्पनी ऐन दुबैको प्रावधानलाई उपेक्षा गर्दै जोर संख्यामा सञ्चालक समिति गठनको तयारी गरेको छ।

यसबाहेक कम्पनीमा कायम शेयर संरचनाका आधारमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्नेमा साधारण शेयरधनीलाई उचित प्रतिनिधित्वबाट बञ्चित गराउने गरी सञ्चालक समिति गठनको निर्वाचन कार्यक्रम घोषणा गरिएको छ।

कम्पनीले सोमबार दिउँसो वेबसाइटमा प्रकाशन गरेको निर्वाचन सम्बन्धि सूचनामा संस्थापक समूहबाट ३ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना समेत जम्मा ५ जनाको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिने उल्लेख छ।

निर्वाचन अधिकृत रत्न सुन्दर खुजुले हस्ताक्षर गरेको निर्वाचन तालिका अनुसार, संस्थापक समूहको प्रतिनिधित्व हुने समूह ‘क’ बाट ३ जना र सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व हुने समूह ‘ख’ बाट २ जनाको मात्र निर्वाचन हुनेछ।

एशियन लाईफ इन्स्योरेन्समा संस्थापकको ५१ प्रतिशत र सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत शेयर स्वामित्व छ। यो अनुपातका हिसाबले इन्स्योरेन्सले संस्थापक र सर्वसाधारण दुबैको तर्फबाट ३-३ जना र स्वतन्त्र सञ्चालक एकजना सहित कुल ७ सदस्यीय सञ्चालक समिति चयन गरिनुपर्छ।

जम्मा ६ सदस्यीय सञ्चालक समिति ?

कम्पनी ऐन २०६३ को दफा ८६ को व्यवस्था अनुसार ३, ५,७, ९ वा ११ जनाको सञ्चालक समिति कायम गरिनुपर्छ। जोडी संख्याको सञ्चालक समितिको कम्पनी ऐनले परिकल्पना नै गरेको छैन।

एशियन लाइफ इन्स्योरेन्सको निर्वाचन अधिकृतले जम्मा ५ जनाको निर्वाचन तालिका घोषणा गरेका छन् । निर्वाचित सञ्चालक समितिले अर्को एकजना स्वतन्त्र सञ्चालकको चयन गर्दा एशियन लाईफको जम्मा ६ सदस्यीय सञ्चालक समिति हुने देखिएको छ।

सञ्चालक समितिको बैठकमा प्रस्ताव गरिएको कुनै विषयमा सदस्यहरूबीच मत बाझिएमा स्पष्ट बहुमतका आधारमा निर्णय गर्न सहज बनाउनका लागि बेजोर संख्यामा सञ्चालक समिति गठन गर्ने अभ्यास रहेको छ।

कम्पनी ऐनमा सात जनासम्म सञ्चालक भए कम्तीमा एकजना र सातजना भन्दा बढी सञ्चालक भएमा कम्तीमा दुईजना व्यक्तिलाई स्वतन्त्र सञ्चालकको रूपमा नियुक्त गर्नुपर्ने प्रावधान छ।

स्वतन्त्र सञ्चालकको काम, कर्तव्य र अधिकार अन्य सञ्चालक सरहको हुने व्यवस्था छ। यसरी सञ्चालक समितिमा संस्थापक समूहबाट २ जना, संस्थापक समूहको शेयरधनीकै रोजाइमा नियुक्त हुने स्वतन्त्र सञ्चालक थप १ जना समेत गरी संस्थापक समूहले सञ्चालक समितिमा तीनजनाको बहुमत जुटाउने देखिएको छ।

प्राधिकरणको निर्देशनको अवज्ञाः

बीमा कम्पनीहरूले संस्थापक शेयरलाई धमाधम सर्वसाधारण शेयरमा रूपान्तरण गरेपनि सञ्चालक समितिमा उपयुक्त प्रतिनिधित्व नगराएपछि नेपाल बीमा प्राधिकरणले बीमकको नाममा परिपत्र जारी गर्दै सञ्चालक समितिमा शेयरस्वामित्वको अनुपातमा अनिवार्यरूपमा प्रतिनिधित्व गराउन निर्देशन दिएको थियो।

शेयर रेसियो अनुसार संचालकको प्रतिनिधित्व गराउन ८ कम्पनीलाई बीमा समितिको निर्देशन

कम्पनी ऐनको प्रावधान र प्राधिकरणको निर्देशनका बावजुद एशियन लाईफले सर्वसाधारण समूहबाट तीनजना शेयरधनीको प्रतिनिधित्व गराउनबाट वञ्चित गरिरहेको छ। जम्मा दुईजनाको मात्र प्रतिनिधित्व हुने गरी निर्वाचन कार्यक्रमको घोषणा गरेको छ।(हेर्नुहोस् निर्वाचन सम्बन्धि सूचना)

उम्मेदवारीका लागि असार २५ गते दिउँसो १ बजेसम्ममा मनोनयन गर्नुपर्नेछ।

एशियन लाइफको २०७८ साउन ३१ गते सम्पन्न साधारण सभाले ४ वर्षे कार्यकालका लागि निर्वाचन गरेको पदाधिकारीको कार्यकाल समाप्त हुन लागेकोले आगामी ४ वर्षका लागि पुनः सञ्चालक समितिको निर्वाचन हुन लागेको हो।

निर्वाचन समितिले शेयरधनी(मतदाता) नामावलीका लागि १० हजार रूपैयाँ शुल्क तिर्नुपर्ने प्रावधान राखेको छ। यो शुल्क अस्वाभाविक र महँगो भएको गुनासो साधारण शेयरधनीको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS