IME Life New

बीमालेख समर्पणबाट बाहिरिने रकम बढ्दा व्यतितबापत उठ्न बाँकी रकम चुलियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीबाट बीमालेख समर्पणबाट बाहिरिने रकम र व्यतित बीमालेखको उठ्न बाँकी रकम बढेको छ।

बढ्दो वित्तीय आवश्यक्ता, वित्तीय दबाब, बीमाको ज्ञानमा कमीलगायत विभिन्न कारणले बीमालेख समर्पण रकम र व्यतित बीमालेखको उठ्न बाँकी रकम बढ्दै गएको हो।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्मको तथ्यांक हेर्दा पनि ८० हजार १८७ वटा बीमालेख समर्पण गरिएका छन्। यी बीमालेख समर्पणबाट कम्पनीहरुबाट ११ अर्ब ९ करोड ७१ लाख रुपैयाँ बाहिरिएको छ।

अघिल्लो आर्थिक वर्षको चैतसम्म ८१ हजार १३६ वटा बीमालेख समर्पणबाट कम्पनीहरुबाट ९ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ बाहिरिएको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा समर्पण रकम ११.५९ प्रतिशतले बढेको छ।

यसैगरी व्यतित बीमालेखको संख्या र रकम दुबै बढेको छ। प्राधिकरणको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चैतसम्म १२ लाख ४६ हजार ३०१ वटा व्यतित बीमालेख छन्। ती व्यतित बीमालेखवापत कम्पनीहरुले ३६ अर्ब ८७ करोड २० लाख रुपैयाँ उठाउन बाँकी छ।

अघिल्लो वर्ष चैतसम्म कम्पनीले ११ लाख ५८ हजार २९९ वटा व्यतित बीमालेखको ३४ अर्ब ३ करोड ७१ लाख रुपैयाँ उठाउन बाँकी थियो। अघिल्लो वर्षको तुलनामा व्यतित बीमालेख र रकम क्रमशः ७.६० प्रतिशत र ८.३३ प्रतिशतले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS