IME Life New

चैतसम्म करिब रु. ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमास (साउन–चैत)सम्म नेपालमा करिब ५८ अर्ब रुपैयाँको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभाग चैतसम्म ७५ अर्ब ९७ करोड ५४ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको हो। यो प्रतिबद्धता ४८० वटा उद्योगका लागि आएको छ। ती उद्योगमा १२ हजार ४३५ जनाले रोजगारी पाउने जनाइएको छ।

Esewa
Crest

विभागका अनुसार चैत महिनामा मात्रै ५३ उद्योग स्थापनार्थ १३ अर्ब ३१ करोड ५१ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक प्रतिबद्धता आएको छ।

चैत मसान्तसम्म सबैभन्दा धेरै प्रत्यक्षा वैदेशिक लगानी प्रतिबद्धता सेवामूलक क्षेत्रमा आएको छ । चैतसम्म सेवा क्षेत्रमा ३४ अर्ब ९२ करोड ७७ लाख रुपैयाँबराबर प्रतिबद्धता आएकोे छ । जुन चालु आर्थिक वर्षमा प्राप्त भएको कुल प्रतिबद्धताको ६० प्रतिशत हिस्सा हो।

त्यस्तै पर्यटन क्षेत्रमा १८ अर्ब ३८ करोड ७५ लाख रुपैयाँ, उत्पादनमूलक क्षेत्रमा २ अर्ब ७४ करोड २० लाख रुपैयाँ, ऊर्जा क्षेत्रमा २ करोड ५५ लाख रुपैयाँ, कृषिमूलकमा ७६ करोड १० लाख रुपैयाँ र पूर्वाधारमूलकमा २ करोड रुपैयाँबराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै साना उद्योगमा आएको छ। जसअनुसार साना ४६८ वटा उद्योग छन्। त्यस्तै मझौला ८ वटा र ४ चारवटा उद्योगका लागि लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS