IME Life New

चन्द्रागिरी हिल्सको एजीएम पुस २३ गते, बोनस वितरणपछि हकप्रद जारी गर्ने मूख्य एजेन्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पुस २३ गते, बुधबार,१६ औँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा चन्द्रागिरी हिल्स लिमिटेड, बटम स्टेशन परिसर, थानकोट काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

Esewa
Crest

साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१ /८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, , लेखापरीक्षकको प्रतिवेदन सहित, हिसाब, नगद प्रवाह, आयब्यय लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

1765811351379

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS