IME Life New

नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न एडीबी तयार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र एसियाली विकास बैंक (एडीबी)का कन्ट्री डाइरेक्टर आर्नो कोस्वाबीच आज अर्थ मन्त्रालयमा शिष्टाचार भेट सम्पन्न भएको छ। भेटमा कोस्वाले नेपालमा विकसित राजनीतिक घटनाक्रमले अर्थतन्त्रमा पार्नसक्ने प्रभाव र एडीबीको सहयोगमा सञ्चालित कार्यक्रमहरुको निरन्तरताका विषयमा अर्थमन्त्रीसँग छलफल गरेका थिए।

छलफलका क्रममा अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य कार्य जिम्मेवारी तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्नुरहेको र परिवर्तित समयमा युवाहरुको चाहनाबमोजिम सुशासन र स्वदेशमा नै रोजगारी सिर्जना गर्ने विषयमा सरकार कटिबद्ध रहेको जानकारी गराए। उनले ऊर्जा, भौतिक पूर्वाधार, खानेपानी तथा विभिन्न विकास आयोजनालगायतका क्षेत्रमा एडीबीले महत्वपूर्ण भूमिका खेलेको विषय उल्लेख गर्दै चालु आयोजनाहरुलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

Esewa
Crest

एडीबीका कन्ट्री डाइरेक्टर कोस्वाले नेपालमा आर्थिक विकासका क्षेत्रमा वर्तमान सरकारसँग मिलेर काम गर्न तयार रहेको जानकारी गराए।

बैठकमा अर्थसचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मासमेतको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS