IME Life New

नेपालको आर्थिक वृद्धिदर ४.४% रहने एडीबीको प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) ले चालु आर्थिक वर्ष २०८१।८२ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ।

एडीबीले आज प्रकाशन गरेको एसियन डेभलपमेन्ट आउटलुकमा यस्तो प्रक्षेपण गरिएको हो। गत आर्थिक वर्ष २०८०।८१ को तुलनामा चालु आर्थिक वर्षको नेपाल आर्थिक वृद्धिदर बढ्ने एडीबीले अनुमान गरेको छ। गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत थियो।

Esewa
Crest

आगामी आर्थिक वर्ष २०८२।८३ मा आर्थिक वृद्धिदर चालु वर्षको तुलनामा अझै बढ्ने एडीबीको प्रक्षेपण छ। आगामी वर्षमा आर्थिक वृद्धिददर बढेर ५.१ प्रतिशत पुग्ने एडीबीको अनमान छ।

प्रमुख आर्थिक क्षेत्र, निर्माण क्षेत्र, औद्योगिक उत्पादन, पेट्रोलियम तथा कच्चा पदार्थको मूल्यमा स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धता चालु आर्थिक वर्षमा विस्तार हुने एडीबीले जनाएको छ। घट्दो ब्याजदरले सबै उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तारका लागि बाटो खोलिदिएको एडीबीको प्रतिवेदनमा उल्लेख छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS