IME Life New

विद्युतीय हस्ताक्षर सम्बन्धी एक दिने गोष्ठी सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


धितोपत्र बोर्डले विद्युतीय हस्ताक्षरको आवश्यक र यसको विविध आयामहरु सम्बन्धमा एक दने गोष्ठीको आयोजना सम्पन्न गरेको छ । नेपाल सर्टि«फाईङ्ग कम्पनीसंगको सहयकार्यमा उक्त गोष्ठी आयोजना गरिएको हो ।
धितोपत्र बजारमा सूचना प्रविधिको प्रयोग उच्च रहने भएकोले बोर्डको आव २०७५/७६ को बार्षिक कार्यक्रम अन्र्तगत बोर्डको सूचना प्रबिधि नीति, २०७५ तर्जुमा गरी कार्यन्वयन गर्ने योजना रहेको छ ।

कार्यक्रममा नेपाल सट्र्रिफाइङ्ग कम्पनी निर्देशक दिपक भण्डारीले विद्युतीय हस्ताक्षरको आवश्यकता, यसको महत्व, विशेषता, फाइदा, प्रयोग गर्ने तरिका, धितोपत्र बजारमा ग्राहक परिचय विवरण, खरिद बिक्री आदेश तथा धितोपत्र दलाल व्यवसायीहरुले बोर्डमा पेश गर्नुपर्ने विवरणमा विद्युतीय हस्ताक्षर प्रयोग गर्न सकिने बारेमा जानकारी दिएका थिए । साथै कम्पनीका अध्यक्ष विप्लवमान सिंहले नेपाल सरकारले विद्युतीय हस्ताक्षरलाई अगाडि बढाउने नीति लिएकोमा नेपाल सरकारका विभिन्न निकायहरुबाट विधुतीय हस्ताक्षर लिने कार्य यसै आव देखि शुरुवात भएको समेत जानकारी गराए ।

Esewa
Crest

कार्यक्रममा बोर्डका अध्यक्ष डा. रेवत वहादुर कार्कीले बोर्डको यो वर्षको कार्यक्रममा सूचना प्रविधि नीति तर्जुमा भई कार्यान्वयनमा ल्याउने क्रममा रहेको साथै बजार सहभागीहरुका गतिविधिहरुलाई प्रविधिमय बनाउँदै लैजाने कार्यक्रम राखेको बताए । आगामी दिनमा नेपाल स्टक एक्सचेञ्ज, सिडिएससि, क्रेडिट रेटिङ्ग संस्था तथा मर्चेन्ट बैंकरहरुलाई समेत यस सम्बन्धी जानकारी दिने कार्यक्रम रहेको उनले बताए । त्यसैगरी विद्युतीय कारोबार ऐन कार्यान्वयनमा आए यस मार्फत हुने कारोबारलाई विश्वसनीय, कानून सम्मत र सुरक्षित बनाउन विद्युतीय हस्ताक्षर ो प्रयोगको शुरुवात गर्नु आवश्यक देखिनुका साथै धितोपत्र तथा वस्तु विनियम बजारमा प्रविधिको उच्चतम प्रयोग हुने हुनाले विस्तारै यसको प्रयोगको दिशामा धितोपत्र व्यवसायी लाग्नुपर्ने उनले बताए ।

कार्यक्रममा सम्पूर्ण धितोपत्र दलाल व्यवसायी तथा बोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS