IME Life New
GBIME

एकीकृत बीमा योजना ल्याउँदैछ बीमा समिति

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्


बिजया बास्कोटा
अब समितिले बीमितलाई सहज बीमा सुविधा दिन एकीकृत बीमा योजना जारी गर्ने तयारी गरेको छ । समितिले एउटै बीमालेखले सबै जोखिमको सुरक्षा गर्ने गरी बीमा योजना जारी गर्ने भएको हो ।
समितिले एकीकृत बीमा योजनाको प्रारम्भिक खाका तयार पारि सकेको छ । समितिले तत्काल बाढी प्रभावित क्षेत्रलाई लक्षित गरी एकीकृत बीमा योजना जारी गर्न लागेको हो ।

समितिले प्रारम्भिक चरणमा बीमा योजनाको बिमांक रकम ५ लाख ७५ हजार रुपैयाँ राखेको छ । जसमा परिवारको प्रति व्यक्ति २ लाख रुपैयाँ राखिएको छ । चौपाया २ लाख ५० हजार रुपैयाँ र घर/झुपडीको २५ हजार रुपैयाँ राखिएको छ । फरक फरक चौपाया भएमा चौपाया तथा त्यसको बीमांक रकम प्रष्ट रुपमा खुलाउँनु पर्नेछ । चौपायाको संख्या जे जती भए पनि २ लाख ५० हजार भन्दा बढी बीमांक कायम गर्न पाईने छैन । बीमांकको शून्य दशमलव ५ प्रतिशत बीमाशुल्क कायम गरिएको छ । बीमालेख प्रारम्भिक चरणमा रहेकाले बीमांक रकम तलमाथि पनि हुन सक्ने समितिले बताएको छ ।

Crest

समितिका अनुसार मस्यौदा छलफल भै रहेको छ । विज्ञहरुको सल्लाह अनुसार बीमांक रकम फेरबदल हुन सक्नेछ ।
एकीकृत बीमालेखले मानबीय क्षति वा सम्पतिको हानी नोक्सानी भएमा बीमांकको सिमा भित्र रही बास्तविक क्षतिको बीमा दाबीमा व्यवस्था भए अनुसारसम्मको रकम सम्बन्धित पक्षलाई भुक्तानी गर्नेछ । बीमालेखले बाढी, डुबान (जलमग्न), पहिरोबाट हुने जोखिमको मात्रै रक्षावरण गर्नेछ । तर, बीमित वा निजको एकाघर परिवारका सदस्यको लापरवाहीको कारण, जानाजान, मनोरञ्जन, वा रिसिईबी साध्ने कार्यको कारणबाट क्षति भएमा कम्पनी दाबी भुक्तानीको लागी बाध्य हुने छैन । त्यस्तै, कानुनी निकायको आदेशमा बीमा गरिएको सम्पतिलाई नष्ट गर्नुपर्ने भएमा, बीमा गरिएको सम्पतिको चोरी भएमा, बीमितले प्रस्ताव फाराममा विवरण दिँदा झुट्टा विवरण उल्लेख गरेमा पनि कम्पनी भुक्तानीको लागि उत्तरदायी हुने छैन ।

बीमालेख अनुसार बीमा अवधिभित्र बाढी र पैरोका कारणले बीमीतको मृत्यू भएमा वा हराएमा कम्पनीले २ लाख रुपैयाँ भुक्तानी गर्नेछ । दाह संस्कारका लागी १० हजार रुपैयाँ प्रदान गर्नेछ । तर, बीमा दाबी भुक्तानी रकम कुल बीमांक रकम भन्दा बढी हुने छैन । बीमा अवधिमा कुनै घटना घटेमा बीमांकलाई जानकारी दिनुपर्नेछ । साथमा सक्कल बीमालेख, दाबी फारम, वडा कार्यलयको सिफारिश, स्थानिय निकायको सिफारिश र फोटो पनि पेश गर्नुपेर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS