IME Life New

कोरोना बीमाको दावी भुक्तानी ३७ करोड नाघ्यो, दुई अर्ब १० करोड बक्यौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोरोना बीमाको दावी भुक्तानीमा कम्पनीहरुले तीव्रता दिएसँगै कूल दावी भुक्तानी रकम ३७ करोड नाघेको छ । बीमा पुलबाट प्राप्त तथ्याङ्क अनुसार हालसम्म २० वटा निर्जिवन बीमा कम्पनीहरुले ३७ करोड ७७ लाख पाँच हजार रुपैयाँ कोरोना बीमाको दावी भुक्तानी गरेका छन् ।

कोरोना बीमाको दावी भुक्तानी गर्न अझै दुई अर्ब १५ करोड ७८ लाख २५ हजार भन्दा बढि बाँकी रहेको बीमा पुलले जनाएको छ । बीमा पुलमा पुग्न बाँकी रहेको अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी गर्न तीन अर्ब भन्दा बढि बक्यौता छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै साढे दुई अर्ब भन्दा बढि दावी भुक्तानी बक्यौता छ ।

Esewa
Crest

कोरोना बीमाको दावी भुक्तानीको लागि ठूलो संख्यामा दावी परिरहेको बेला कोरोना बीमाको दावी भुक्तानीको मुख्य आधार पिसिआर रिपोर्ट नै नक्कली भेटिन थालेपछि नयाँ विवाद सिर्जना हुने देखिएको छ ।

कोरोना भाइरसको परिक्षणको नेतृत्व गरिरहेको टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार कोरोना बीमा दावीका लागि पेश भएका थुप्रै पिसिआर रिपोर्टहरुको आधिकारिकता प्रमाणित हुन नसकेको जनाएपछि कोरोना बीमाको दावी भुक्तानी पुनः विवादमा तानिने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS