IME Life New

सिद्धार्थ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन घट्यो, नाफामा सामान्य सुधार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले यस अवधिमा पाँँच करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको नाफा गत आर्थिक बर्षको तुलनामा ५ दशमलव ७७ प्रतिशतले बढेको छ । गत वर्ष यसै अवधिमा सिद्धार्थले ४ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले २५ करोड ११ लाख ९९ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।गत वर्षको सोहि अवधिमा कम्पनीले २७ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । कम्पनीले यस अवधिसम्ममा २५ करोड ५६ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ ।

Esewa
Crest

कम्पनीबाट य त्रैमासम्ममा दाबी भुक्तानी हुन बाँकी रकम ९८ करोड ९० लाख रुपैयाँ रहेको छ ।हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ३४ करोड ५१ हजार रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ २९ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ २२९ रुपैयाँ ८५ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS