IME Life New

सानिमा जनरलको शेयर म्युचअल फण्डले बेच्न थालेका हुन?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ। तिहार अघिको अन्तिम कारोवार दिन विहीवार सानिमा जनरल इन्स्योरेन्सको शेयर मूल्य ४ प्रतिशतले वृद्धि हुँदै ५७० प्रति कित्ता बन्द भएको छ । विहिबार कम्पनीको शेयर मूल्य ६०२ रुपैयाँ सम्म पुगेर फर्किएको हो । बिहिबार मात्र सानिमा जनरल इन्स्योरेन्सको १२ करोड ४९ लाख माथिको शेयर किनबेच भएको छ। एकै दिन सानिमा जनरल इन्स्योरेन्सको २ लाख १६ हजार ७ सय ३० कित्ता शेयर कारोवार भएको हो ।

हिजोको फ्लोरसिट हेर्दा १० कित्ता प्राप्त गर्ने साधारण लगानीकर्तासँगै म्युचअल फण्डले पनि शेयर बेचेको देखिन्छ ।  हिजो ६०२ रुपैयाँमा निकै राम्रो संख्यामा खरिदकर्ता हुँदा म्युचअल फण्डले हजारौ कित्ता शेयर बिक्री गर्दा सानिमा जनरल इन्स्योरेन्सको बजार मूल्य ६०२ बाट घट्न पुगेको थियो ।

Esewa
Crest

हिजो अधिकांश १० कित्ताको कारोवार भए पनि एउटै कारोवार २५०० कित्ता सम्म भएको थियो। बुधवार सम्म खासै कारोवार नभएको र बिहीवार एकै दिन एउटै कारोवार हजारौ कित्ताको हुनुले म्युचअल फण्डले पाएको ५ प्रतिशत शेयर बेच्न सुरु गरेको प्रस्ट सङ्केत मिलेको छ।

सानिमा जनरलको बजार मूल्य प्रति कित्ता ६०२ रुपैयाँ पुग्दा १०० कित्ता माथिको मात्रै करिव २४ हजार कित्ता शेयर खरिद बिक्री भएको देखिन्छ।

हिजोको फ्लोरसिटको एउटा सानो अंश 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS