IME Life New

आइएमई जनरल इन्स्योरेन्सको यस्तो देखियो प्रथम त्रैमास

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिकम वर्षको प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १५ करोड ८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १६ करोड ५१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ४ प्रतिशतले कमी हो ।

१ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २२ करोड ७८ लाख रुपैयाँ संचिती रहेको गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा १७ करोड ८१ लाख रुपैयाँ संचिती रहेको थियो । त्यस्तै, कम्पनीको बीमा कोषमा ३७ करोड ४४ लाख रुपैयाँ रहेको छ ।

Crest

समिक्षा अवधिमा कम्पनीले ३ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २९ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ४ करोड ५२ लाख रुपैयाँ खद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ६८ लाख रुपैयाँ खद दाबी भुक्तानी  गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खद दाबी भुक्तानी २० प्रतिशतले कमी हो ।

समिक्षा अवधिमा कम्पनीले ३४ करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन ३ दशमलव ३६ प्रतिशतले बढी हो ।

समिक्षा अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १३ रुपैयाँ ११ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS