IME Life New

एभरेष्ट इन्स्योरेन्सको बीमा व्यवसाय र मुनाफा दुवै बृद्धि, व्यवस्थापन खर्च घट्यो, कोषको आकार बढ्यो

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एक दशक अघि देशकै सबैभन्दा उत्कृष्ट कम्पनीको रुपमा बीमा व्यवसाय गर्दै आएको एभरेष्ट इन्स्योरेन्स पुनः विस्तारै गति लिने क्रममा रहेको आज प्रकाशित वित्तीय विवरणले झल्काएको छ । कम्पनीले चालु आवको प्रथम त्रैमासिक वित्तिय विवरण सार्वजनिक गर्दै समीक्षा अवधीमा मुनाफा ५१ प्रतिशतभन्दा बढिले बृद्धि गर्न सफल भएको छ । गत आर्थिक वर्षमा दुई करोड दुई लाख १४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवको प्रथम त्रैमासमा तीन करोड पाँच लाख ४० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले कोरोना महामारीको समयमा पनि बीमाको व्यवसाय विस्तार गर्न सफल भएको छ । गत आर्थिक वर्षमा ११ करोड ९२ लाख ९० हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको प्रथम त्रैमासमा १२ करोड ११ लाख चार हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले समीक्षा अवधीमा व्यवस्थापन खर्च समेत घटेकोछ ।

Crest

गत आर्थिक वर्षको प्रथम त्रैमासमा कूल चार करोड ६२ हजार ९२ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा चार करोड २४ लाख ४६ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । समीक्षा अवधीमा कम्पनीले करिब ४८ लाख रुपैयाँ व्यवस्थापन खर्च बचत गरेको छ । कम्पनीले कर्मचारीलाई ४८ लाख ४८ हजार रुपैयाँ बोनस समेत वितरण गरेको छ । अघिल्लो वर्ष ३२ लाख नौ हजार रुपैयाँ बोनस बाँडेकोमा यस वर्ष केही बृद्धि भएको छ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीले तीन महिनामा २६ करोड ९१ लाख १९ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधीको तुलनामा सामान्य बृद्धि हो । अघिल्लो वर्ष २५ करोड ७१ लाख ७९ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले चालु आवको तीन महिनामा बीमा पोलिसी नविकरणमा उल्लेख्य प्रगति गरेको छ । अघिल्लो आवमा जम्मा २४ वटा बीमा पोलिसी नविरकण गरेकोमा यस आवमा सात हजार ७६१ वटा बीमा पोलिसी नविकरण गरी कूल २५ हजार ८७१ वटा बीमा पोलिसी जारी गर्न सफल भएको छ ।

एक अर्ब नौ करोड ५९ लाख ३० हजार रुपैयाँ चुक्ता पुँजि भएको एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आवको प्रथम त्रैमाससम्ममा २८ करोड ९८ लाख ४४ हजार जगेडा कोषमा संचिती गरेको छ भने बीमा कोषमा ३४ करोड २० लाख १४ हजार रुपैयाँ जम्म्मा गरेको छ ।

कम्पनीले प्रतिशेयर आम्दानी ११ रुपैयाँ १५ पैसा, प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ६५ पैसा, मूल्य आम्दानी अनुपात ४७.०० रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति २१४ रुपैयाँ ८८ पैसा रहेकोछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS