काठमाडौं । यूनाइटेड इन्स्योरेन्सले आफ्ना शेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीले एक सुचना जारी गर्दै आर्थिक वर्ष ७५र/७६ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको जनाएको छ ।
कम्पनीले बीमा समितिबाट जारी निर्जीवन बीमा गर्ने बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन बमोजिमको विवरणहरु एनएफआरएस मापदण्ड पालना गर्नु परेकाले मुनाफा वितरण गर्न नसकेको हो ।
साथै कम्पनीले आर्थिक वर्ष २०७५ /७६ को वित्तीय विवरण स्वीकृतार्थका लागि पेश गर्ने जनाएको छ ।