काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले असोज २१ गते देखि प्रति कित्ता एक सयको दरका ३० करोड बराबरको ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन विक्री खुला गरेको थियो ।
उक्त ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ। अब सर्वसाधारणहरुलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।
उक्त साधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले न्युनतम १० कित्ता देखि अधिकतम १००० कित्ता सम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल काठमाडौं, नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि९आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर एप र मेरो शेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
उक्त आईपिमा शुक्रबारसम्ममा झण्डै साढे सात लाखको आवेदन परिसकेको छ । शुक्रबार अपरान्ह १६ः३० बजेसम्मको तथ्याङ्क अनुसार सात लाख ४४ हजार जनाले आवेदन दिएको क्यापीटलले जनाएको छ ।