IME Life New

सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा कति कित्ता आवेदन दिँदा ठीक ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : सानिमा जनरल इन्स्योरेन्सले यही असोज २१ गते देखि  प्रति कित्ता एक सयको दरले ३० लाख कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दैछ । कम्पनीले ३० करोड बराबरको साधारण शेयर निस्काशन गर्दैछ ।

उक्त ३० लाख कित्तामध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात १ लाख ५० हजार कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । सर्वसाधारणहरुलाई भने २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरिएको छ । लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

कति कित्ता आवेदन दिँदा ठीक ?

धितोपत्र निस्काशन तथा बाडँफाँड निर्देशिका अनुसार सबैलाई सुरुमा दश-दश कित्ता दिँदै जानु पर्छ । तर यस कम्पनीले सर्वसाधारणलाई जम्मा २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार २ लाख ७३ हजार जना लागानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । तर यस अघि जनरल इन्स्योरेन्सको आईपीओमा ८ लागि माथि लगानीकर्ताले आवेदन दिएका थिए । सो ट्रेण्ड हेर्दा ९ लाखको हाराहारीमा आवेदन पर्ने देखिन्छ । यी सबै तथ्यांकलाई  हेर्दा सानिमा जनरल इन्स्योरेन्सको आईपीओमा दश कित्तामा आवेदन दिँदा ठीक हुन्छ।

आईपीओ असोज २१ गते देखि असोज २५ गते सम्म खुल्ने छ । असोज २५ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि असोज २५ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा कार्तिक ६ गते सम्म समय थपिने छ । तर विगतको माहोल हेर्दा असोज २५ गते नै आईपीओ बन्द हुने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS