IME Life New

रिलायन्स लाईफ इन्स्योरेन्सको ३ महिनाको बीमा शुल्क आर्जन ९ करोड ६४ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिलायन्स लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमशिकसम्ममा ९ करोड ६४ लाख रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ ।यस अवधिमा कम्पनीले एक करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

“खुलेर जिऔं” भन्ने नाराका साथ सञ्चालनमा आएको रिलायन्स लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्ष खुद बीमा शुल्क आर्जन ८ करोड ३७ लाख रहेको थियो । कम्पनीले सार्बजनिक गरेको वित्तीय विवरण अनुसार गतआर्थिक वर्षको संचालन अबधिको बिमा शुल्क भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमशिकमा धेरै बीमा शुल्क आर्जन गर्न कम्पनी सफल भएको छ।

Esewa
Crest

गत आर्थिक वर्ष कम्पनीले सात करोड ९५ लाख खुद नाफा गरेको थियो, रिलायन्स लाईफ इन्स्योरेन्स गत वर्ष मङ्सिर १ गते देखि संचालनमा आएको जीबन बीमा कम्पनी हो ।

एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा ९ करोड ९१ लाख रुपैयाँ सञ्चित छ भने जीवन बीमा कोषमा ९ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा ७२ करोड ९० लाख भन्दा माथि पुगेको छ ।

इन्स्योरेन्सले हाल सम्म ५ हजार ११ ओटा बीमालेख जारी गरेको छ । इन्स्योरेन्सले समीक्षा अबधिमा कम्पनीले कुनै दाबीभुक्तानी गरेको छैन भने भुक्तानी हुन बाँकि दाबी भुक्तानी समेत देखिदैन।कम्पनीले अभिकर्ता कमिसन बापत २ करोड २६ लाख खर्च गरेको जनाएको छ, कम्पनीको ब्यबस्थापन खर्च २ करोड ५६ लाख भन्दा माथि छ, कम्पनीले बिमालेख धितो कर्जा सुरु गरि सकेको छैन।

संस्थापकबाट रु १ अर्ब ४७ करोड चुक्ता पूँजी रहेको र कम्पनीले निकट भविष्यमा सर्वसाधारणको लागी रु ६३ करोडको शेयर जारी गर्नेछ, सर्वसाधारण शेयर जारी गर्ने प्रस्ताव गत असार ३१ गते सम्पन्न साधारण सभाले पारित गरिसकेको छ । सर्वसाधारण शेयर जारी पछि कम्पनीको चुक्ता पुँजी रु २ अर्ब १० करोड पुग्नेछ । कम्पनीमा सिद्धार्थ बैंक सहित ११३ जना प्रवर्धक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS