IME Life New

आईआईआईको परिक्षा अबदेखि बीमा तालिम केन्द्र नेपालले नै लिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अब देखि भारतीय बीमा तालिम केन्द्र (आईआईआई) को परिक्षा बीमा तालिम केन्द्र नेपालले नै लिने भएको छ । आईआईआईद्धारा सञ्चालित व्यवसायिक कोर्षको परिक्षा बीमा समिति अन्र्तगतको बीमा तालिम केन्द्र नेपालले लिने भएको समितिका सल्लाहकार तथा बीमा तालिम केन्द्र नेपालका प्रमुख भोजराज शर्माले बताए ।

बीमा क्षेत्रमा काम गर्न चाहने व्यक्तिलाई लक्षित गरी आईआईआईले विभिन्न तहको व्यवसायिक कोर्ष सञ्चालन गर्दै आएको छ । लाईसेन्ससिप, एशोसियटसिप तथा फेलोसिप गरी तीन तहको कोर्षका सञ्चालन हुँदै आएको छ । आईआईआईले हालसम्म नेपालमा ओरियण्टल इन्स्योरेन्स मार्फत परिक्षा लिदै आएको थियो । यस्तो खालको परिक्षा नोभेम्बर र मे महिनामा हुँदै आएको छ । यस पटकको नोभेम्बर सेशनको परिक्षामा बीमा तालिम केन्द्र नेपालले लिएको छ । परिक्षामा ५४ जना भन्दा बढी सहभागी भएका थिए ।
आईआईआईद्धारा सञ्चालित व्यवसायिक कोर्ष अध्ययनमा नेपालीहरुको पनि उत्तिकै रुचि देखिएको छ । तर, अहिलेको अवस्थामा नेपालीहरुले भारतीय बीमा क्षेत्रकै अध्ययन गर्ने र परिक्षा दिने गर्दै आएका छन् । आगामी दिनमा कोर्षमा नेपाली बीमा क्षेत्रलाई समेटिने आईआईएनको उद्धेश्य रहेको छ । साथै यस्ता कोर्षहरुले आईआईएनले नै सञ्चालन गर्ने समेत योजना रहेको समितिले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS