IME Life New

मेट लाइफको नयाँ एप सार्वजनिक, अब मोबाईलबाटै बीमा जानकारी लिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेट लाइफले आफना ग्राहकहरुलाई बीमा सम्बन्धी सेवा र सुविधालाई थप सहज बनाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ।

मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइल मार्फत मेटलाइफको विभिन्न सेवाहरुमा पँहुच बढाउने छ। डिजिटल थिम अन्तर्गत सोमबार मेटलाइफ नेपालका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफका कर्मचारीहरु र फिल्ड फोर्सहरुको उपस्थितिमा भ्युचअल कार्यक्रम मार्फत उक्त एपको अनावरण गरेका थिए।मेटलाइफ नेपालको ग्राहक सेवा एप दुबै आईएसओ एप स्टोर र एन्ड्रोइडबाट निशुल्क डाउनलोडको लागि उपलब्ध हुनेछ।

Esewa
Crest

एक पटक ग्राहकले सुरक्षित रूपमा एपलाई लगइन गरेपछि ग्राहकरूले आफ्नो बीमा पोलिसीको स्थिति, कुल प्रीमियम भुक्तानी गरिएको र भुक्तानी गरिएको प्रीमियम किस्ता साथै उनीहरूको पोलिसीहरूको विस्तृत प्रिमियम भुक्तान विवरण जस्ता जानकारी हेर्न सक्नेछन्।। ग्राहकहरूले एपमा साइनअप गरी प्रिमियम तिर्न बाँकी रहेका मितिहरू र पूर्ण परिपक्वता सूचनाहरू समेत प्राप्त गर्न सक्नेछन। मेटलाइफ नेपालको एपमा सम्पर्क बिवरण र ग्राहक सहायताको लागि सोधपुछ फिचर्स पनि समावेश गरिएको छ।

नयाँ बीमा पोलिसी लिन इच्छुक ग्राहकहरूले पनि यो एपलाई प्रयोग गरी मेटलाइफका विभिन्न बीमा उत्पादनहरूका विवरणहरू हेर्न सक्नेछन साथै यदि कुनै सेवामा इच्छा भएमा आफ्नो जानकारी पेश गर्न सक्नेछन।

उपलब्ध विवरणको आधारमा मेटलाइफका प्रतिनिधिहरुले ग्राहकहरूलाई सम्पर्क गर्नेछन्।। उक्त एपमा प्रीमियम क्यालकुलेटर पनि समावेश गरिएको छ जस अन्तर्गत प्रयोगकर्ताहरूले उनीहरूको बीमा पोलिसी तथा योजनाहरुको सोधपुछ गर्न सक्नेछन्।।

मेटलाइफका उपाध्यक्ष तथा जनरल म्यानजर निर्मल काजी श्रेष्ठले मेटलाइफ नेपाल ग्राहकहरुका लागि आफ्नो डिजिटल क्षमता विस्तार गर्न प्रतिबद्ध रहेको र ग्राहकहरुले घरमै बसेर सेवाहरु प्राप्त गर्न उदेश्यले यस सेवा ल्याएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS