IME Life New

प्रभु लाइफ इन्स्योरेन्सका एकै दिन चार शाखा सञ्चालनमा, सर्वसाधारणका लागि शेयर निष्काशन कहिले

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले एकैदिन चारवटा शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले ललितपूर, कलंकी, बानेश्वर र बनेपामा नयाँ शाखा विस्तार गरेको हो।

प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले ललितपूर शाखाको उदघाटन गरेका छन्। यस्तै कम्पनीका सञ्चालक नरेशबहादुर मल्लले कलंकी शाखा, कम्पनीका संस्थापक शेयरधनी अम्बिका शर्माले बानेश्वर शाखा तथा कम्पनीकै संस्थापक शेयरधनी तथा सांग्रिला विकाश बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद पौडेलले बनेपा शाखाको उद्घाटन गरेका छन्।

यसअघि नै प्रभु लाइफइन्स्योरेन्सले ताहाचल, वीरगंज, इटहरी, पोखरा, धनगढी, सिन्धुली तथा भक्तपुरमा शाखा विस्तार गरिसकेको छ। दुई अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले छिट्टै नै सर्वसाधारणका लागि शेयर निष्काशनको तयारी गरेको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS