काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीले नायब महाप्रबन्धक बिक्रान्त पाण्डेलाई भोलिबाट विदाई गर्ने भएको छ । कम्पनीले करार सम्झौता नविकरण नगरी डेपुटी सिईओ र नायब महाप्रबन्धकमा नयाँ कर्मचारी भर्ना गरी पाण्डेलाई विदाई गर्न लागेको हो । निर्जिवन बीमा व्यवसाय, बीमा बजारबारे राम्रो ज्ञाता पाण्डेले आफ्नो करार अवधी भोलिबाट सकिने जानकारी दिए ।
कम्पनीले डेपुटी सिईओ र नायब महाप्रबन्धकमा खुल्ला प्रतिस्पर्धाबाट नयाँ नियुक्त गरेसँगै करारमा रहेको पाण्डेले औपचारिक रुपमा विदा लिने भएका हुन् । डेपुटी सिईओ बन्न आफ्नै कम्पनीमा आवेदन गरेका पाण्डेलाई सञ्चालक समितिले ‘एस’ भन्न नसकेपछि भोलिबाट विदाई गर्न लागेको हो ।