IME Life New

प्रिमियर इन्स्योरेन्सको स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको जनाएको छ ।

कम्पनीले बिक्रीमा ल्याएको यो शेयरमा सर्वसाधारण तथा अन्य कम्पनीले भने आवेदन गर्न नपाउने कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरीद गर्न सक्नेगरी प्रिमियरले ७ दिनभित्र अर्थात भदौ १५ गतेसम्म बोलकबोल आह्वान गरेको छ।

Esewa
Crest

नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्स कम्पनी नारायणचौर नक्सालबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ। उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आवेदन दिन पाउने बिक्री प्रबन्धक नबिल इन्भेष्टेमन्ट बैंकिङले जनाएको छ ।

शेयर खरीदका लागि भदौ ८ गतेदेखि १५ गतेसम्म सात दिनभित्र आवेदन दिइसक्नु पर्ने छ। न्यूनतम १०० कित्तादेखि १० ले भाग जानेगरी अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिने छ। विद्यमान शेयरधनीले शेयरधनी नम्बर समेत उल्लेख गर्नुपर्नेछ। आवेदन परेको तीन दिनभित्र बाँडफाँड गरिने बिक्री प्रबन्धकले जानएको छ। अहिले दोस्रो बजारमा नागरिक लगानी कोषको शेयर मूल्य प्रतिकित्ता २ हजार ८६५ रुपैयाँ रहेको छ ।

उक्त शेयर खरीद गर्ने आवेदकले नागारिक लगानीकोषले निष्काष्सन गर्न लागेको हकप्रद शेयरमा समेत आवेदन गर्न योग्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS