Connect IPS
IME Life

७ प्रतिशत लाभांश वितरण गर्ने एनएलजी इन्स्योरेन्सको घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्सले शेयरधनीहरुलाई ७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को मुनाफाबाट ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले नेप्सेमा आज पत्र दर्ता गराउँदै लाभांश घोषणा गरिएको जनाएको छ ।

एनएलजी इन्स्योरेन्सको साउन २३ गते साँझ ६ः३० बजे बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी एक अर्ब २ करोड ४६ लाख ५० हजार रुपैयाँको ७ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव आगामी साधारणसभामा पेश गर्ने निर्णय गरेको छ ।

Prabhu
Crest

कम्पनीले उक्त लाभांश एनएफआरएस अनुसारको लेखामान अनुसार तयार पारिएको वित्तीय विवरणबाट संचित मुनाफा भएको जनाएको छ । कम्पनीले उक्त मुनाफा वितरण सम्बन्धी प्रस्ताव स्वीकृतिको लागि बीमा समितिमा पेश गर्ने निर्णय समेत भएको जनाएको छ । सो आर्थिक वर्षमा आर्जन गरेको कूल २० करोड २४ लाख १६ हजार १९५ रुपैयाँ मुनाफा मध्येबाट लाभांश दिने निर्णय गरेको कम्पनीले जनाएको छ ।

अधिकांश बीमा कम्पनीहरुले एनएफआरएस लेखामान मापदण्डका कारण कोषमा रकम जम्मा गर्नु परेका कारण लाभांश वितरण गर्न नसकेको सन्दर्भमा एनएलजी इन्स्योरेन्सले भने आव २०७५।०७६ मा मुनाफा वितरण गर्न सफल भएको हो । कम्पनीले हकप्रद जारी भई लिलाम बढाबढको प्रक्रियामा रहेको शेयरधनीहरुले समेत सो लाभांश प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS