काठमाडौं । महालक्ष्मी विकास बैंकले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह अनुरोध छ । उक्त कम्पनीले साविक मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स,यती फाइनान्स, सिद्धार्थ फाइनान्स र भ्याली फाइनान्ससमेतका विभिन्न साधारण सभाबाट पारीत लाभांश पुर्जाहरु हालसम्म पनि नलिएका शेयरधनीलाई लिन अनुरोध गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नक्सालमा सम्पर्क राखी लाभांश पूर्जाहरु समयमानै लिन सूचनामार्फत भनिएको छ ।