IME Life New

एनएलजीको १ लाख ६१ हजार कित्ता शेयर लिलामीमा, शिलबन्दी बोलपत्र पेश कहिलेदेखि कहिलेसम्म गर्न पाइने ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६१ हजार ७८ कित्ता शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण समूहको ७९ हजार ८५३ दशमलव २५ कित्ता र संस्थापक समूहको ८१ हजार २ सय २४ दशमलव ७५ कित्ता लिलामी मार्फत विक्री गर्ने भएको हो ।

उक्त शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी, संघ तथा संस्थाहरूले साउन २२ गते बिहीबारदेखि साउन २९ गते बिहीबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने सकिने जनाएको छ ।

Esewa
Crest

एनएलजी इन्स्योरेन्सले २०७६ फागुन २२ गतेबाट असार २५ गतेसम्म १० बराबर ६ अनुपातमा ३८ लाख ४२ हजार ४३७ कित्ता हकप्रद बिक्रीमा ल्याएकोमा ३६ लाख ८१ हजार ३५९ कित्ता मात्र बिक्री भएको थियो। सो शेयरमा आवेदन नपरेको शेयर बिक्रीमा ल्याइएको हो।

लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, एनएलजीको केन्दीय कार्यालय पानिपोखरी लाजिम्पाट, र लक्ष्मी बैंकको विर्तामोड, जनकपुर, विराटनगर, हेटौंडा, नारायणगढ, पोखरा, बुटबल मिलनचोक, वीरगञ्ज, वाग्लुङ्ग, दाङ, सुर्खेत, नेपालगञ्ज, धनगढी, र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने जनाइएको छ।

लिलामीका लागि आवेदन दिँदा न्यूनतम मूल्य १०० रुपैयाँ वा सोभन्दा बढीमा प्रतिस्पस्र्धात्मक मूल्यमा आवेदन दिन सकिन्छ। यस्तै न्यूनतम १०० वा १० ले निशेष भाग जानेगरि लिलामीमा आएको सम्पूर्ण कित्ताका माग गरी बोलपत्र पेश गर्न सकिनेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS