IME Life New

शिखर इन्स्योरेन्सको ८७ हजार ४१२ कित्ता शेयर लिलामीमा, कहिलेदेखि कहिलेसम्म दिन पाईन्छ आवेदन?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले ८७ हजार ४१२ कित्ता शेयर लिलामी गर्ने भएको छ । कम्पनीले गत असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्री खुला गरी आवेदन माग गरिएकोमा सोही अवधिसम्म देहाय बमोजिम आवेदन नपरेकाले उक्त शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत अर्थात १० बराबर ३ कित्ता अनुपातमा एक सय रुपैयाँ अंकित दरले ३१ करोड ७१ लाख ९३ हजार २०० रुपैयाँ बराबरको ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेन् । सोही विक्री नभउको शेयर लिलामी गर्न लागेको जनाएको छ ।

Crest

लिलामी शेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय रुपैयाँ तोकिएको छ । जसमा कम्तिमा ५० कित्तादेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाइनेछ ।

लिलामीको शेयरमा २०७७ साउन २१ गतेदेखि २८ गतेसम्म आवेदन गर्न पाइनेछ। इन्स्योरेन्सको शेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ। लिलामी शेयरमा एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखा कार्यालय, नेपाल इन्भेष्टमेन्ट बैंकका विभिन्न शाखाहरु तथा ग्रीन डेभलपमेन्ट बैंक बाग्लुङ मार्फत आवेदन दिन सकिने कम्पनीले बताएको छ ।

हाल १ अर्ब ५ करोड ७३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS