IME Life New

भैरवकुण्ड हाइड्रोपावरले ३१ करोड ८३ लाख रुपैयाँको आइपिओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: भैरवकुण्ड हाइड्रोपावरले प्राथमिक शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।

कम्पनीले ३१ लाख ८३ हजार २८० कित्ता आइपिओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो। पाँच वर्ष अघि निर्माण भएर विजुली राष्ट्रिय प्रशारणमा जोडिएको थियो। तर भूकम्पका कारण यो आयोजना क्षतिग्रस्त बनेपछि उत्पादन बन्द भयो भने पुर्ननिर्माण भएको केही समयमै भोटेकोशीको बाढीले आयोजना फेरी क्षतिग्रस्त बनाएको थियो। ८ करोड रुपैयाँ खर्चिएर यो आयोजना पुर्ननिर्माण भइसकेको छ।

Esewa
Crest

कम्पनीले सर्वसाधारणको लागि २५ लाख ३३ हजार २८० कित्ता र प्रभावित क्षेत्रका वासिन्दाको लागि ६ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गर्ने भएको हो। कम्पनीले आइपिओ निष्काशनका लागि ग्लोबल आइएमर्इ क्यापिटललार्इ बिक्री प्रवन्धक तोकेको छ। कम्पनीले तातोपानी गाउँपालिकामा ३ मेगावाट क्षमताको आयोजना निर्माण गरेको छ।

कम्पनीको कुल चुक्ता पूँजी ६५ करोड रुपैयाँ रहेको छ। चुक्ता पूँजीको ४८.९७ प्रतिशत शेयर सर्वसाधारणको लागि छुट्टाएको छ। जस मध्ये १० प्रतिशत प्रभावित  र एक प्रतिशत कर्मचारीको लागि छुट्टाएको हो। कम्पनीका अध्यक्ष सुरेन्द्र भण्डारी छन्। उनी लालीगुँरास वहुउदेश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS