IME Life New

एभरेष्ट इन्स्योरेन्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २५ औं बार्षिक साधारणसभा आज साउन ६ गते गर्ने भएको छ । असार १५ गते बसेको कम्पनीको संचालक समितिको बैठकको निर्णय अनुसार आज साउन ६ गते अग्रवाल भवन, काठमाडौंमा अपरान्ह २ बजे शुरु हुने जनाएको छ ।

सभामा कम्पनीले साधारणसभामा मर्जरमा जानको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले विशेष प्रस्तावमा रुपमा कुनै पनि अन्य बीमा कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने अख्तियार सञ्चालक समितिलाई दिने निर्णय गरेको हो ।

Esewa
Crest

त्यस्तै कम्पनीले सामान्य प्रस्तावको रुपमा आयव्यय पारित गर्ने र चालु आर्थिक वर्षको हिसाब किताब अडिट गर्न लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव समेत लैजानेछ । साधारण सभाले आव २०७६/७७ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि गर्नेछ।

कम्पनीले असार २५ गते शेयर दाखिला खारेज बन्द (बुकक्लोज) गरेको थियो। यसअनुसार असार २४ गते बुधबारसम्म कायम शेयरधनीले मात्र सभामा सहभागीता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS