IME Life New

सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश गरेको छ । विग अर स्मल सेक्यिुरिटि फर अल भन्ने नारा लिएर २०५३ साउन २ गतेबाट निर्जीवन बीमा कारोबार शुरु गरेको बीमा क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल यस कम्पनी आजबाट २४ औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको हो ।

काटमाडौं थापाथली कार्यालय स्थापना गरी करिव १० जना कर्मचारीबाट कारोबार संचालन गरेको कम्पनीले हाल अलिे आफ्नै सुविधा सम्पन्न भवन सहित देशका सातै वटा प्रदेशका ७३ वटा शाखा कार्यालयका ३ सय ६१ कर्मचारी मार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

Esewa
Crest

३ करोड ६ लाखबाट व्यवसाय शुरु गरेको कम्पनीको हाल १ अर्ब १२ लाख २२ हजार रुपैयाँ चुक्तापूजी रहेको छ । कम्पनीले आफ्नो स्थापनाको प्रथम वर्षमा ५९ लाख ७ हजार ६ सय ६७ बीमा शुल्क संकलन तथा ४४ हजार दावी भुक्तानी गरेकोमा सो वृद्धि गर्दै २०७६ ७७ को अन्त्यसम्ममा आइपुग्दा कम्पनीले २ अर्ब १९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन तथा १ अर्ब ३ करोड रुपैयाँ दावी भुक्तानी गर्न सफल भएको छ ।

कम्पनीले आफ्नो स्थापनाको २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गर्दै गर्दा ग्राहकहरुमा पुर्याउनुपर्ने सेवा तथा सुविधामा कुनै प्रकारको कमी कमजोरी हुन नदिने प्रतिवद्धताका साथ नेपालमा नै पहिलो पटक संचालनमा ल्याएको भिआइपी अनद स्पोर्ट कार्यक्रमलाई सशक्त रुपमा नेपालभर लागु गर्ने संकल्प गरेको छ । त्यस्तै, कृषी बाली तथा पशुपन्छी र लघु बीमा समेतलाई प्रथामिकतामा राखी कम्पनीबाट उपलब्ध हुने बीमालेखलाई डिजिटलाइट गर्दै डिजिटल युगमा प्रवेश गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS