IME Life New

नेको इन्स्योरेन्सद्धारा कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम दाबी भुक्तानी हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत कृषि विकास बैंकलाई पेश्की स्वरुप अग्रिम भुक्तानी प्रदान गरेको छ ।

बैंकको लहान शाखामा जालसाजी तथा बेइमानीको कारणबाट बैंकलाई हुन गएको हानी नोक्सानीको बैंकरको क्षतिपूर्ति बीमालेख अन्तर्गत दावी निर्धारण प्रकृयामा रहेकोले हाल पेश्की स्वरुप अग्रिम भुक्तानी बापत एक करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

Esewa
Crest

उक्त चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काले कृषि विकास बैंकका उपमहाप्रवन्धक यज्ञप्रकाश न्यौपाने र बजार तथा शाखा ब्यवस्थापन विभागका विभागीय प्रमुख अजय रिमाललाई संयुक्त रुपमा हस्तान्तरण गरेको हो ।

सो चेक हस्तान्तरण कार्यक्रममा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय तथा कम्पनीका संचालक धु्रबचन्द्र गौतम र प्रमुख ब्यवसाय अधिकृत  विशाल कुमार थापाको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS