IME Life New

एनएलजी इन्स्योरेन्सको ६०% हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । असार ९ गतेबाट बिक्री खुला गरेको एनएलजी इन्स्योरेन्सको ६० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ६ अनुपातमा कुल ३८ लाख ४२ हजार ४३७.५० कित्ता हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको हो।

यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत २७ गतेसम्म ६० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको थियो । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि बिक्री कार्य स्थगित गरेको थियो। सोही स्थगित हकप्रदलाई कम्पनीले असार ९ गतेबाट पुनः निष्कासन खुला गरिएको हो । इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट पुस २९ गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।

Esewa
Crest

एनएलजीको उक्त हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ ।

हकप्रद निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ २७ गतेदेखि बुकक्लोज गरेको थियो। यस अनुसार माघ २६ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्स्योरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सकिनेछ ।

त्यस्तै, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकीबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिर लक्ष्मी बैंकको नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाइनेछ । साथै, सी–अस्वामार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS