काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २५ औं बार्षिक साधारणसभा आगामी साउन ६ गतेका लागि तोकेको छ । आज सार्वजनिक सूचना प्रकाशित गर्दै कम्पनीले आगामी साउन २५ गते अग्रवाल भवन, काठमाडौंमा अपरान्ह २ बजेको लागि साधारणसभाको आह्वान गरेको हो ।
कम्पनीले साधारणसभामा मर्जरमा जानको लागि सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने निर्णय समेत गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले विशेष प्रस्तावमा रुपमा कुनै पनि अन्य बीमा कम्पनीसँग गाभ्ने, गाभिने तथा प्राप्ती गर्ने सम्बन्धी निर्णय गर्ने अख्तियार सञ्चालक समितिलाई दिने निर्णय गरेको हो ।
त्यस्तै कम्पनीले सामान्य प्रस्तावको रुपमा आयव्यय पारित गर्ने र चालु आर्थिक वर्षको हिसाब किताब अडिट गर्न लेखा परिक्षक नियुक्त गर्ने प्रस्ताव समेत लैजानेछ ।