GBIME
IME Life

एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद आजबाट बिक्री शुरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्सको स्थगित हकप्रद सेयर आज असार ९ गतेबाट बिक्री खुला भएको छ । यसअघि कम्पनीले फागुन २२ गतेबाट चैत २७ गतेसम्म ६० प्रतिशत हकप्रद सेयर खुला गरेको थियो । कोरोना संक्रमणका कारण चैत ११ गतेदेखि बिक्री कार्य स्थगित गरेको थियो। सोही स्थगित हकप्रदलाई पुनः निष्कासन खुला गरिएको कम्नीले जनाएको छ ।

एनएलजीको उक्त हकप्रदलाई इक्रा नेपालले औसत आधार जनाउने ‘ग्रेड ३’ रेटिङ दिएको छ । हाल यसको चुक्ता पुँजी ६४ करोड ४ लाख ६ हजार २५० रुपैयाँ छ ।

SKYWELL
Crest

उक्त हकप्रद सेयरमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ । माघ २६ गतेसम्म कायम सेयरधनीले यसमा आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वर, एनएलजी इन्सुरेन्सको केन्द्रीय कार्यालय र शाखा कार्यलयबाट आवेदन दिन सक्नेछन् ।

त्यस्तै, लक्ष्मी बैंकको उपत्यका भित्रका शाखाहरु न्यूरोड, कंलकीबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिर लक्ष्मी बैंकको नारायणगढ, धनगढी, जनकपुर, इटहरी, दमक, धरान, घोराही, बनेपा, हेटौंडाबाट आवेदन दिन पाइनेछ । साथै, सी–अस्वामार्फत आवेदन दिन सकिनेछ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS