GBIME
IME Life

बीमा गर्न पैसा हैन इच्छा भए पुग्छ

SPIL
NIC ASIA new
Sanima Reliance
      अनिता कार्की                                                                                   राकेश पोखरेल

र खर्च कटाएर बीमा

दोलखाकी स्थानिय बासी अनिता कार्की हाल भक्तपुरमा बस्छिन् । उनका एक छोरी र श्रीमान छन् । उनले दैनिक रुपमा घरमा हुने खर्चलाई कम गर्दै पोहोर साल एक वर्षिया छोरीको बीमा गराएकी थिईन् । अहिले उनकी छोरी लगभग २ वर्ष पुगीन् । उनमा बीमा गर्ने ईच्छा थियो । बीमाका बारेमा धेरथोर ज्ञान थियो । तर कसरी गर्ने दोधारमा थिईन । यसै क्रममा उनले आफुले चिनेकी एक अभिकर्ता दिदिलाई भेटिन । उनकै परामर्शमा अनिताले आफ्नी छोरीको बीमा गराएकी हुन् । उनी भन्छिन् “मैले छोरीको भविष्यको लागि, उसको शिक्षाको लागि सानो सानो रकमको केहि अंश छुट्याएर बीमा गरेकी हुँ, सानो रकमले यसको पढाई खर्चमा राहत पुग्छ भनेर बीमा गरे ।” कार्की एउटा मेडिकलमा काम गर्छिन् । उनी आफनी छोरीलाई स्टाफ नर्स वनाउन चाहन्छिन् । ‘मेरी छोरीको पढाईको लागि त मैले बीमा गरेको रकमले नभ्याउला तै पनि केही राहत त कसो नमिल्ला र ?,’ उनले भनिन् ।

SKYWELL
Crest

उनले १७ वर्ष अवधिको बीमा पोलिसि खरिद गरेकी हुन् । ५ लाखको बीमा गरेकी उनले अहिले वार्षिक  रुपमा ३० हजार प्रीमियम तिर्छिन् । ‘प्रीमियम तिर्नका लागि त मलाई खासै गाहे छैन्, किनकि मेरो आम्दानीको केही रुपैयाँ बैंकमा जम्मा गरेकि छु,’ उनले भनिन । उनका श्रीमान नेपाल प्रहरीमा छन । बच्चा हेर्दै घरको काम सकेर पनि उनी कार्यालय  जान्छिन् । परिश्रम र मिहेनती अनिता भन्छिन् बीमा हाम्रा जीवनका लागि चाहिने कुरा हो, भविष्यमा हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्ने एक पाटो हो, त्यसैले तपाई हामि सबैले घर खर्च लाई कम गरेर वा घर खर्च कटाएरै भए पनि बीमा गर्नु पर्छ । यो हाम्रो भविष्यमा साथि बन्न सक्छ ।

कोचिङ पढाएको पैसाले नै बीमा
उदयपुर घर भएका राकेश पोखरेल अहिले भक्तपुरमा बस्छन् । राकेश पोखरेलले कोचिङ पढाएकै पैसाले आफ्नो बीमा गरे । बीमाको महत्व र आवश्यकता बुझेका उनले बीमा गरेकै २ वर्ष भयो । पोखरेल पेशाले एक शिक्षक हुन् । पहिला गाउँमा छदाँ उनी कोचिङ पढाँउथे । कोचिङबाट कमाएको सानो रकमले नै उनले बीमा गरेका थिए । नेपाल लाईफ इन्स्योरेस कम्पनीमा उने ५ लाख बिमांकको बीमा गरेका हुन् ।

‘बीमा भनेको हाम्रो जोखिमहरु बीमा कम्पनीमा सार्नु हो, किनकी बीमा कम्पनीहरुले हामिलाई परेको जोखिमका भार वोकेका हुन्छन्,’ उनले भने । उनी अहिले मासिक २० हजार रुपैयाँ कमाँउछन् । घर खर्च अनि पढाईको खर्चबाट छुटाएर केही रकम बचत पनि गर्छन् । बिबिएस पढ्दै गरेका पोखरेलले भखरै स्वास्थ बीमा पनि गराए । अव भने घरमा कोहि विरामी भए पैसा नभए पनि उपचारको अभावले मृत्युको सामना गर्नु पर्ने वाध्यता रहने छैन । ‘सरकारको यस्तो योजनाले आम नेपालीलाई एकदमै फाईदा पुग्ने छ । खास गरी जो गरिवीको रेखा मुनि छन् उनीहरुका लागि त यो एकदमै राम्रो कुरा हो किनकि उपचारकै कमीले अकालमै मर्नु पर्ने अवश्था केही हद सम्म कम हुनेछ,’ उनले भने ।

बीमा गरे पछि भने केहि खुसि रहेको कुरा उनले बाडे  । भविष्यमा जोखिमहरु कति वेला कति खेर पर्छ टुङगै हुँदैन्, त्यसैले मैले बीमा गरेर जम्मा भएको सानो रकमले मेरो भविष्यमा पर्न सक्ने जोखिमहरुसँग सामना गर्न सक्नेमा उनी ढुक्क छन् । उनी भन्छन् आज बीमा भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हो तर हाम्रो समाजमा यसको महत्वलाई वुझ्ने मानिसहरु कमै छन् । बीमा हाम्रो जीवनको एक अङग जस्तै हो, त्यसैले सवैले बीमा गर्नु आजको अवश्यकता भएको उनले बताए । आफ्नो बीमा गरेका उनले अब भने चाडै नै आमाको पनि बीमा गर्ने सोच बनाएका छन् ।

चटपटे बेचेरै बीमा

भक्तपुर जिल्ला शंखधर चोक नजिकै एउटा चिटिक्क परेको ठेला छ । त्यहाँ जहिले पनि मानिसहरुको घुँइचो लाग्ने गर्दछ । त्यो ठेला सानु आलेको हो । उनले त्यस ठेलामा चट्पटेको व्यापार गर्छिन् । उनले यो व्यवसाय गर्न थालेको पनि लगभग ३ वर्ष पुग्नै लाग्यो । उनले बनाएको चट्पटे  खाने ग्राहकहरुको घुँईचो नै लाग्ने गर्दछ । दिनमा मुश्किलैले उनी १५ सय रुपैयाँ कमाँउछिन् । उनले ३ वटा फाईनान्समा दैकिन रुपमा केही रकम पनि जम्मा गर्छिन् ।

उनले पोहोर साल मात्रै एक बीमा कम्पनीमा बीमा पनि गरेकी छिन् । पहिला त बीमा के हो र यो के काम, मरे पछि आउने पैसाले के गर्नु बरु बाचुञ्जेल कमाएको पैसाले मज्जाले खाने हो अनि सकाउने हो भन्ने लाग्थ्यो रे उनलाई । तर विस्तारै उनले बीमाको आवश्यकता बुझ्दै गईन बीमा पनि गरेरै छोडिन । उनको घर रामेछाप हो । उनका २ छोरा, १ छोरी र श्रीमान छन् । ४ वर्ष अघि उनी छोरा छोरीको सपनाको लागि गाउँ छोडेर शहर आएकी थिईन ।

उनका श्रीमान एक फ्याक्ट्रिमा काम गर्छन् । छोरा र छोरी नजिकैको सरकारी विधालयमा पढ्छन । उनीहरुको पढाई पनि राम्रो रहेको खुसी उनले बाडिन । उनको एक छोरोको राम्रो पढाईकै कारणले उसलाई विधालयले निशुल्क पढाई दिने कुरा पनि उनले खुसी हुँदै पोखिन ।

‘बीमाले त हाम्रा जोखिम लाई सामना गर्छ रे अनि हामि लाई केही रुपमा करको पनि छुट हन्छ रे मैले त मेरो बीमा गरेर ढुक्क छु । यदि मलाई केही भई गएमा मैले बीमा मार्फत जम्मा गरेको रकमले मेरा छोरा छोरीको भविष्यको लागि सहयोग पुग्नेछ,’ उनले ढुक्कले सुनाईन् ।

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS