IME Life

रेष्टुरेन्ट व्यवसायमा जम्न नसकेका ढकाल जीवन बीमामा रमाउँदै

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

नेत्र ढकाल, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

स्नातक तह उत्तिर्ण, पेशा रेष्टुरेन्टको व्यवसाय । बीमा क्षेत्रप्रतिको खासै ज्ञान भने थिएन । व्यवसायमै जीवन जोखिरहेका नेत्र ढकालले बीमा व्यवसायबाट आम्दानी गर्न सकिन्छ भन्ने कहिले सोचेका थिएनन् । बीमा बारे धेर–थोर ज्ञान भएतापनि अभिकर्ता पेशा बारे जानकार थिएनन् ढकाल ।

शुद्ध रेष्टुरेन्टको व्यावसायमा लागि परेका नेत्रलाई उनका एक जना सरले बीमा अभिकर्ता पेशामा जोडिन सल्लाहा दिए । उनै सरका कुराबाट नेत्र बीमा अभिकर्ता पेशामा जोडिन प्रेरित भए । अभिकर्ता पेशामा लागेपछि मात्रै नेत्रले बीमा अभिकर्ता पेशा बीना लगानी नै मनग्गे आम्दानी गर्न सकिने पेशा रहेछ भन्ने थाहा पाए । नेत्रले सम्हाल्दै आएको व्यवसायमा लाखौँ खर्च गर्नुपर्ने हुन्थ्यो । आफुले सोचे जति प्रतिफल नपाईने र कहिले काँही त लगानी नै नउठ्ने समस्या पनि हुन्थ्यो । लगानी नै नगरिकन अधिकतम प्रतिफल पाइने पेशाका रुपमा अभिकर्ता पेशालाई लिँदै स्याङ्जाका नेत्र ढकाल विगत १० वर्षअघि बीमा अभिकर्ता पेशामा जोडिन पुगे ।

Crest

त्यो बेला बीमा बुझ्ने मानिस थोरै थिए, जति बेला ढकालले अभिकर्ता पेशाको यात्रालाई अघि सारेका थिए । अभिकर्ता पेशाको लाइसेन्स हातमा पारेपछि उनले सानै बीमाङ्क रकमको भएपनि बीमा गर्न सफल भए । ‘मेरो पहिलो बीमितले मैले तपाईलाई चिन्छु, तपाई आवद्ध भएको कम्पनीलाई चिन्छु भन्ने हिसाबले बीमा प्रस्ताव स्वीकार गरे’ नेत्रले विगत सम्झदै भने । पहिलो बीमा गर्न सफल भए पछि ढकालले बीमा अभिकर्ता पेशामा नै निरन्तर लागि पर्ने अठोट लिए ।

बीमा अभिकर्ता पेशाले ढकाललाई धेरै कुरा सिकायो । नेत्र आर्थिक रुपमा मात्रै सबल भएननन् । उनको जनसम्पर्क पनि विस्तार हुँदै गयो । हरेक मान्छेहरुसँग सम्बन्ध स्थापित हुँदै गयो । पैसाका साथसाथै उनले समाजमा राम्रो सम्बन्ध स्थापित गर्न सफल भए ।

आर्थिक तथा सामाजिक रुपले उत्कृष्ट पेशाका रुपमा बीमा अभिकर्ता पेशालाई लिने नेत्र यो पेशामा लागेर सन्तुष्ट रहेको बताउँछन् । बिना लगानी नै मिहेनतका साथ लागि पर्ने जो कोही पनि यो पेशामा सफल हुने उनले बताए । नेपाली समाजमा बीमा चेतनाको कमी रहेको कुरामा उनले जोड दिँदै भने, “केही प्रतिशत मात्रै मानिसहरु बीमाको पहुँचमा आएका छन्, दुर दराजमा रहेका नेपालीहरुमा अझै पनि बीमा चेतनाको अभाव रहेको छ ।” बीमाको दायरा बढाउनका लागि बीमा कम्पनी, अभिकर्ता मात्रै नभई सरकार नै लागि पर्नुपर्ने कुरामा नेत्रको जोड छ ।

नेत्र भन्छन्, बीमा कम्पनी (बीमक) र बीमा गर्ने व्यक्ति (बीमित)को बीचमा गरिने कानूनी करार बीमा हो । बीमा जोखिम बहनका साथै बचतका लागि पनि हो । बीमा अभिकर्ताकै कारणले गर्दा बीमा व्यवसाय अगाडि बढेको दावी गर्दै नेत्रले भने, “बीमा कम्पनी (बीमक) र बीमा गर्ने व्यक्ति (बीमित) लाई जोड्ने–भेट्ने माध्यम बीमा अभिकर्ता हुन् । बीमा अभिकर्ता बीमा व्यवसायका मेरुदण्ड हुन् । ”

यस पेशामा क्षमतावान बीमा अभिकर्ता मात्रै सफल हुन सक्ने कुरामा जोड दिँदै नेत्र भन्छन्, असलपन, धैर्यता, बीमा बारेको ज्ञान, सकारात्मक सोच, वास्तविकतालाई दर्साउन सक्न¬े खुवीलगायतका बीमा समिति, आफु आवद्ध भएको कम्पनीका बारेमा पूर्ण रुपमा जानकार हुनुपर्दछ । अभिकर्ताहरुलाई शिपमूलक तालिम दिने, जो कोही अभिकर्ता बजारमा गइसकेपछि पोलिसी लिएर आउन सक्ने खालको शिप दिन बीमा कम्पनीहरुले दिन जरुरी रहेको उनले बताए ।

बीमा व्यावसाय विस्तारका लागि बीमा बजारमा क्षमतावान अभिकर्ता ल्याउन जरुरी रहेको कुरामा उनको जोड छ । बीमा व्यवसायमा अभिकर्ता पेशा अगाल्छु भन्नेहरुलाई नेत्र सकारात्मक सोचका साथ लागि पर्ने मनसाय बोकेर आउन सल्लाहा दिन्छन् । २०६६ सालदेखि बीमा अभिकर्ता पेशामा जोडिएका नेत्र ढकाल हाल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । (ढकाल नेपाल लाइफ इन्स्योरेन्स बीमक समितिको केन्द्रिय सदस्य हुन् ।)

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS