IME Life

बीमा अभिकर्ता पेशालाई मर्यादित र व्यवस्थित गर्नुपर्दछ

SPIL
NIC ASIA
सुदिप थापा, सिनियर एजेन्सी म्यानेजर, नेपाल लाइफ इन्स्योरेन्स

पर्साका सुदिप थापा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । थापाको नाम नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै प्रिमियम संकलन गर्ने अभिकर्ताको सूचिमा १० नम्बरमा आउँछ । विगत ३ वर्षदेखि थापा पश्चिमाञ्चल प्रथम हुँदै आएका छन् ।

आफ्नै व्यापार व्यवसाय र पत्रकारीता क्षेत्रमा कलम चलाउँदै आएका सुदिपलाई बीमा क्षेत्रले आकर्षण गर्यो । विभिन्न पत्रपत्रिका, टेलिभिजनमा आउने हरेक समाचार पढ्दा, सुन्दा वा आफैले रिर्पोटिङ गर्दा नेपाली समाजमा थोरै मान्छे मात्रै जीवन बीमा भित्र आउने तथ्याङ्क भेट्थे उनी । नेपाल जस्तो जोखिमयुक्त मुलुकमा पनि यो क्षेत्र किन माथि उठ्न सकेन भन्ने जिज्ञासा उनको मनमा जागिरहेको थियो । थापाको मनमा नेपाली समाजमा जीवन बीमाको आवश्यकता भएता पनि किन अगाढी बढ्न सकेन यो क्षेत्र ? भन्ने लागिरहन्थ्यो । बीमा क्षेत्रको तुलनामा बैंकिङ् क्षेत्र निकै माथि उठेको थियो, जति बेला उनको मनमा बीमा प्रति जिज्ञाशा जागेको थियो । त्यो बेला कुल जनसंख्याको लगभग ५ देखि ६ प्रतिशत मानिस मात्र जीवन बीमाको दायरा थिए । बीमा सेवामा प्रवेश गरेर केही गर्छु भन्ने दृढ संकल्प मनमा लिएर उनी यो क्षेत्रमा प्रवेश भए ।

Prabhu
Crest

मनमा उत्पन्न भएको बीमा सम्बन्धि जिज्ञासालाई साथमा लिदैँ सुदिप थापा वि.स. २०६७ मा अभिकर्ता पेशामा जोडिए । आफन्त पर्ने दाईको सिफारिसमा थापा अभिकर्ता पेशामा आवद्ध भए । उनले थापालाई बीमा अभिकर्ता बन्नका लागि जोड गरेका थिए । तीनै दाईको मार्गदर्शन र स्वंम आफैमा भएको इच्छालाई एकत्रित गरेर थापा अभिकर्ता बन्न पुगे । हुन् त थापामा पनि भित्रैदेखि बीमा क्षेत्रलाई नजिकबाट नियाल्ने मन नभएको पनि हैन् । बीमा क्षेत्रमा प्रवेश गर्न कि त कर्मचारी, कि त अभिकर्ता नै भएर मात्र सम्भव थियो । समयका हिसाबले अभिकर्ता पेशा उचित लागरे उनी यो पेशामा आए । अध्ययन गर्दै जादाँ अभिकर्ता पेशामा नै केही गर्न सकिन्छ भन्ने भावना जाग्यो । जीवन बीमा सम्बन्धि अध्ययन, अनुसन्धान गर्दै जादाँ थापामा विश्वास जागेको थियो कि यो पेशा पनि राम्रो पेशा हो । बीमा बजारमा सक्षम अभिकर्ता भएर काम गर्न सक्छु भन्ने थापालाई लागेको थियो ।

शुरुमा त उनलाई अभिकर्ता पेशामा लागेर समाजमा आफुले सकेसम्म बीमा सम्बन्धि सचेतना फैलाउन सक्छु भन्ने मात्रै थियो । पत्रकारिता क्षेत्रबाट अभिकर्ता पेशामा लागेका थापालाई आज यो स्थानसम्म आइपुग्छु भन्ने नै लागेको थिएन । थापाले सोचे भन्दा बढी उपलब्धि यो क्षेत्रमा पाए । आफुले सोचेको भन्दा धेरैको साथ पाए, मान पाए, सम्मान पाए । “सूचनाको संवाहक भएर मात्र रहन्छु भन्ने थियो । म दौडन खोजेको जुन एउटा मिटर थियो, त्यो भन्दा बढी नै पार गरे भन्ने लाग्छ” थापाले विगत सम्झदै भने । ६७/६८ मा अभिकर्ता पेशाको लाइसेन्स लिए पनि ७०/७२ सालदेखि मात्रै पूर्ण रुपमा यो पेशालाई समय दिए । ३÷४ वर्षको निरन्तर यात्रामा आफुले सोचेको भन्दा पनि धरै सफलता पाएको थापाको अनुभव छ ।

थापा भन्छन्, बीमा क्षेत्र बुझेको व्यक्ति अभिकर्ता हो । बीमा क्षेलाई विशुद्ध क्षेत्र बनाउँछु भन्ने संकल्प लिएर अघि बढ्ने व्यक्ति अभिकर्ता हुन् । बीमाभित्र रहेर समाजको अध्ययन गर्नु, समाजले बीमा गर्ने घर परिवारले के कस्ता खालको बीमा पोलिसी खोजिरहेको छ, उसको खोजाई अनुसारको बीमा पोलिसी बुझाउने खालको क्षमता बीमा अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ । “समाजमा आज पनि बाध्यात्मक रुपमा बीमा गराउँने परम्परा कायम नै छ ।” बीमितलाई प्रष्ट रुपमा बीमाका बारेमा बुझाउन सक्ने क्षमता बीमा अभिकर्तामा हुनुपर्ने कुरामा थापाको जोड छ । जस्तासुकै बीमाका प्रश्न आए पनि सजिलै समाधान गर्न सक्ने गुण जुनसुकै बीमा अभिकर्तामा हुनुपर्ने उनले बताए ।

थापाले बीमा अभिकर्ताको लाइसेन्स लिएपछि आफ्नै बीमा गरी अभिकर्ता पेशाको यात्रा आरम्भ गरे । ‘सबैभन्दा पहिले आफु नै सुरक्षित भएर अरुलाई सुरक्षित बनाउँने सोचले पहिलो बीमा आफ्नै गरे’ सुरुवाती दिन सम्झदै थापाले भने ।
झण्डै १० वर्षअघि अभिकर्ता पेशामा जोडिन पुगेका थापा यो पेशामा लागेर सन्तुष्ट छन् । अभिकर्ता पेशामा जोडिने सबै व्यक्तिहरु सफल नभएको उदाहरण दिदैँ थापाले अभिकर्ता पेशालाई पार्ट टाइमको पेशाको रुपमा नलिई व्यवसायको रुपमा अगाढी बढाउनुपर्ने कुरामा जोड दिन्छन् । बीमा प्रस्ताव लिएर जानु अगावै आफुले लिएर जान लागेको बीमा पोलिसीको बारेमा पोख्त हुनुपर्छ । थापा भन्छन्, अभिकर्ताको काम फर्म भर्ने मात्रै हैन्, आफुले गराएको बीमाको अवधि पूरा नहुञ्जेसम्म बीमितलाई साथ, सेवा दिनु पनि हो ।

अभिकर्ता पेशा अभिकर्ताबाटै सम्मानित हुन् नसकेको थापाको गुनासो छ । एउटा अभिकर्ताले डिल गरेको बीमालाई अर्को अभिकर्ताले त्यो बीमालाई विगारी दिने परिपाटी नेपाली बीमा बजारमा रहेको उनले बताउने थापा भन्छन्, अभिकर्ता अभिकर्ताबाटै सुरक्षित छैनन् । यस्तो अवस्थामा सरकारले उचित खालका नीति तथा नियम ल्याई दिनु पर्दछ ।

अभिकर्ता पेशाको लाइसेन्स वितरणमा देखिएको फितलोपनलाई समीक्षा गर्नुपर्ने थापाको जोड छ । ‘अत्यधिक रुपमा सरल तथा बीमा सम्बन्धि साधारण ज्ञान नै नदिई अभिकर्ताको लाइसेन्स दिने परिपाटीलाई नियमनकारी निकायले चासोको रुपमा लिनुपर्छ’ थापाले भने । अभिकर्ता पेशाको लाइसेन्सका लागि चाहिने शैक्षिक योग्यतालाई मध्यनजर गर्दै थापा भन्छन्, बीमा गराउने भनेको संवेदनशिल तथा सचेत नागरिकले हो । अन्य क्षेत्रको लाइसेन्स दिदाँ जसरी परीक्षा लिईन्छ, अभिकर्ता पेशाको लाइसेन्स दिदाँ पनि परीक्षा लिने नीति सरकारले ल्याई दिने हो भने बजारमा सक्षम बीमा अभिकर्ता मात्रै हुन्छन् ।

अभिकर्ता पेशामा प्रवेश गर्न चाहाने व्यक्तिहरुलाई लक्षित गर्दै थापाले अभिकर्ता पेशामा सम्भावना रहेको बताए । नेपालको बीमा बजारलाई बुझेर यो पेशामा प्रवेश गर्ने व्यक्तिहरु सफल हुन सक्ने उनको तर्क छ । समय दिएर यो क्षेत्रमा भएका सम्भावनाका बारेमा अध्ययन गरेर, आत्म विश्वासका साथ यो पेशामा प्रवेश गर्नेहरुको भविष्य उज्जवल हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS