IME Life

अभिकर्ता पेशामा भुजेलले पाएको सफलता: ५ महिनामै बने कम्पनीको दोस्रो एजेन्सी

SPIL
NIC ASIA

काभ्रे बनेपाका सुमन भुजेल युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा स्टार एजेन्सी म्यानेजरका रुपमा कार्यरत छन् । भुजेलको नाम युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै प्रीमियम संकलन गर्ने अभिकर्ताको सुचिमा दोस्रो नम्बरमा आउँछ ।

युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा आवद्ध भई नेपालभरि कार्यरत अभिकर्ताहरुमध्ये सफल अभिकर्ताका रुपमा चिनिने सुमन भुजेल जीवन बीमा अभिकर्ता पेशा अपनाएको ९ महिना मात्रै भयो । अभिकर्ता पेशामा लागेको छोटो समयमा नै भुजेलले आफु आवद्ध भएको कम्पनीमा कार्यरत अभिकर्ताहरुका माँझमा छुट्टै पहिचान बनाउन सफल भए ।

Prabhu
Crest

छोटो समयमा नै कम्पनीमा उनी विजयी हुन सफल भए । बीमाको पहँुचबाट दुर दराजमा रहेका जनतालाई बीमा साक्षरता दिन उनी सफल छन् । करकापले भन्दा पनि स्वतःस्फूर्त रुपमा बीमा गर्ने वातावरण सृजना गर्नुपर्ने कुरामा जोड दिने भुजेल भन्छन्, बीमा बेच्ने भन्दा पनि बीमा बुझाउने अभियान चलाउनुपर्छ ।

भुजेल युनियन लाइफ इन्स्योरेन्समा सफल अभिकर्ताका रुपमा मात्रै हैनन् उनी बीमा साक्षरता फैलाउने बीमा अभियन्ताका रुपमा पनि चिनिन्छन् । भुजेल बीमा साक्षरता अभियान चलाउँदै आएका छन् । आफ्नै सक्रियतामा विभिन्न जिल्लाहरुमा बीमा साक्षरता कार्यक्रम सम्पन्न गरेको इन्स्योरेन्स खवरलाई बताए । विभिन्न विद्यालय, कलेज तथा गाँउपालिकाहरुमा समेत उनको यो अभियानले पूर्णता पाएको छ । सबै क्षेत्रमा बीमा साक्षरता फैलाउन पाउँदा खुसि छन् ।

भुजेल जीवन बीमालाई परिभाषित गर्दै संसारभित्र बीमा होईन, बीमाभित्र संसार अडिएको छ भन्छन् । “बीमा गरिवि निवारणको मुख्य खम्बा हो । जीवन बीमाले जीवन हैन पुस्ता नै परिवर्तन गरिदिन्छ । एउटा घरको गार्जेनको अनुपस्थितिमा घरको गाँस, बास र कपासको सुरक्षित बीमाले गर्दछ ।’

जीवन बीमाको महत्वबारे प्रकाश पार्दै भुजेल भन्दछन्, ‘जीवन बीमा नबुझ्दा केही हैन, बुझ्दा सिङ्गो संसार हो । बीमाले देश विकासका लागि पूँजी निमार्णको काम गर्दछ ।’ भुजेल अभिकर्ता पेशामा प्रवेश गरेको ५ महिना मै आफ्नो कोडबाट एक करोड ८५ लाख रुपैयाँ प्रीमियम संकलन गर्ने सफल अभिकर्ता हुन् । साथै, उनको टिमले सो अवधिमा ४ करोड ४८ लाख रुपैयाँ कुल प्रीमियम संकलन गर्न सफल भएको थियो ।

युनियन लाइफ इन्स्योरेन्समा बीमा अभिकर्ता भई जोडिनु पूर्व उनी आफ्नै व्यापार, व्यवसाय सम्हाल्दै आएका थिए । उनी यो पेशामा भने साथीको सल्लाहमा जोडिन पुगेका थिए । साथीको त्यो बीमा अभिकर्ता बन्ने सल्लाह भुजेलका लागि जीवनको लक्ष्य, गन्तव्य नै परिवर्तन गर्ने सल्लाह बन्यो । उनी अहिले जे छन्, जस्तो छन् त्यो अभिकर्ता पेशाले नै दिएको उपलब्धि हो भनि स्वीकार पनि गर्छन् ।

स्वीकार नगरुन् पनि कसरी यही पेशाले नै गर्दा आज उनको नाम चिनिएको छ । यहि पेशाले नै भुजेलको जीवन शैली फेरिएको छ । आम्दानीको श्रोत बढेको छ । त्यति मात्रै हैन् भुजेलले आफु सँगसँगै आफ्नो टिममा आवद्ध भएका अभिकर्ताहरुलाई पनि आफ्नै जस्तो जीवनशैलि बनाउन सफल समेत भएका छन् ।

व्यवसायसँगै समाज सेवामा जोडिदै आएका थिए उनी । आफ्नै व्यवसायसँगै समाजसेवी रहेका भुजेल अभिकर्ता पेशालाई समाजसेवा सम्झेर आएका थिए । समाज सेवामध्ये सबैभन्दा उत्कृष्ट समाजसेवा बीमा क्षेत्रमा देखेर आफु यता आएको भुजेल बताउँछन् । “व्यवसायमा लाखौँ लाख लगानी गर्दा पनि त्यसले दिने प्रतिफल चाँही टिक्न नसक्ने । प्रतिफल पाउनका लागि पनि कयौँ संघर्ष गर्नुपर्ने हुन्छ । व्यवसाय भन्दा राम्रो प्रतिफल हुने देखेर म यस क्षेत्रमा आवद्ध भए ।”

सुमन भुजेल, स्टार एजेन्सी म्यानेजर, युनियन लाइफ इन्स्योरेन्स

लगानी बिहिन काम गर्न सक्ने पेशा देखेर यो पेशामा जोडिएका भुजेल भन्छन्, व्यवसाय भन्दा राम्रो प्रतिफल देखेर म यो पेशामा आए । जीवन बीमा अभिकर्ता पेशाको लाइसेन्स लिएपछि उनले शुरुको बीमा आफ्नै गरे । “जब आफुले बीमा बुझे, यसको आवश्यकता मलाई महशुस भयो तब आफ्नै बीमा गरि यो पेशाको थालनि गरे ।” आफ्नै बीमा गरेर अभिकर्ता पेशा थालिनि गरेका सुमनले त्यसपछि अन्य बीमा गर्दै गए । शुरुमा त उनलाई यो पेशा त्यत्ति सहज भने भएन । तर विभिन्न संघर्षका बाबजुत पनि उनी कहिलै हार मानेनन् ।

बीमा अभिकर्ता पेशालाई परिभाषित गर्दै भुजेल समाज सेवामध्येको उत्कृष्ट पेशा भनेको नै अभिकर्ता पेशा हो भन्छन् । “अरु समाजसेवा गर्दा आफ्नै खल्तिबाट रकम झिकेर, गोजि रित्याएर, घरबार रित्याएर गर्नु पर्छ र पनि वास्तविक समाजसेवा त्यहाँ पाईदैन् । तर यो समाजसेवा भने बीमित, कम्पनी तथा देशका लागि नै लाभांवित छ । बीमा भनेको बहुमुखि फाईदा हो । ”

पब्लिकहरुसँग बोल्न सक्ने खुवी एक असल बीमा अभिकर्तामा हुनुपर्ने उनको अनुभव छ । साथै, बीमा सम्बन्धी सबै खाले ज्ञान हुनुपर्छ । जुनसुकै अभिकर्तामा पनि बीमा सम्बन्धि ज्ञान, लगनशिलता, मिलनसार लगायतका गुणहरु हुनुपर्ने भुजेल बताउँछन् ।

आजपनि नेपाली समाजमा जीवन बीमाको प्रस्तावलाई सहजै स्वीकार गर्ने मानिसहरु नरहेको उनको भोगाई छ । मरेपछि काम लाग्ने पैसा के काम भन्ने शब्द अझै पनि नेपाली समाजमा जरो गाडेर रहेको तितो तर सत्य, यथार्थपूर्ण कुरा भुजेलले साटे । आफु बीमा प्रस्ताव लिएर जाँदा ए तँ पनि यो पेशामा लागिस भन्ने प्रश्न चिन्ह उठाउने गरेको उनले बताए ।

“अभिकर्ता पेशामा लागेका थोरै मान्छे मात्रै टिक्न सक्छन् । यो पेशामा धेर्यता चाहिन्छ । आजको भोलि प्रतिफल पाईने पेशा अभिकर्ता पेशा होईन्, यो पेशामा टिक्न नसक्नु नै मुख्य चुनौति हो ।” धर्यतालाई जसले साथ दिन्छन्, त्यो सफल हुने उनको भोगाई छ ।

यो पेशामा लागेर उनी सन्तुष्ट छन् । नौँ महिनाको अवधिमा नै उनले आफ्नै सवारी साधन पाउने मौका पाए । “बीमामा डबल भन्ने हुँदैन् । अभिकर्ताहरु बजारमा बीमामा डबल हुन्छ भन्दै दौडिन्छन् । तर यो गलत हो । बीमा गर्दा हुने फाइदा के ?, यो केका लागि ? भन्ने कुराको ज्ञान जो सुकै अभिकर्तामा हुनु पर्छ । ” सुमनले बताए । “बजारमा बीमा प्रस्ताव लिएर जाँदा कम्पनीले दिने बोनसदर मात्रै हैन् साच्चै नै बीमा के हो त भन्ने ज्ञान दिनु सबै अभिकर्ताको जिम्मेवार रहेको उनले बताए । डबल बीमामा हैन् व्यापार बिजनेशमा आउँछ, जग्गामा लागानी गर्दा आउँछ बीमामा पैसा हाल्ने भनेको डबल पाउँनका लागि हैन् । बीमामा त नितान्त सुरक्षा पाईन्छ । ”

बीमा अभिकर्तामा प्रवेश गर्ने अभिकर्ताहरुलाई लक्षित गर्दै भुजेलले अभिकर्ता पेशामा सम्भावना रहेका बताए । पैसाका लागि वैदेशिक रोजगारीमा जानु भन्दा पनि जीवन बीमा कम्पनीको अभिकर्ता भई काम गर्यो भने नेपालमा नै भविष्य सुरक्षित छ उनले भने । आम्दानीको हिसाबले हेर्दा सम्भावना नेपाल मै छ ।

बिना लागानी नै अभिकर्ता पेशामा राम्रो आम्दानी गर्न सकिन्छ । बीमाको ज्ञान, गर्न सक्ने क्षमता, धेर्यता, लगनशिलता भएकाहरुलाई यो क्षेत्रमा राम्रो छ । जसले यो पेशामा खटेर लागि पर्छ, मिहेनतलाई साथि बनाई जो निरन्तर रुपमा लागि पर्छ उसको भविष्य सुनिश्चित छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS