IME Life
Beema Board

इन्टरनेट सेवा अवरूद्ध पारेर सरकारलाई चुनौती दिंदै निजी क्षेत्रका सेवा प्रदायक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्टरनेट सेवा प्रदायकले सञ्चार दिवसको अवसर पारेर देशैभर इन्टरनेट सेवा अवरूद्ध पारेका छन् । सरकारले आफूहरूसँग कर र सलामी दस्तुर माग गरेको विरोधमा इन्टरनेट सेवा प्रदायकले विरोध स्वरूप देशैभर इन्टरनेटको गति कमजोर बनाउने र बेला बेला सेवा नै अवरूद्ध गर्ने सम्मको दुस्साहस गरेका हुन् ।

दूर संचार दिवसकै दिन इन्टरनेट सेवा अवरूद्ध हुनु स्वाभाविक होइन् । इन्टरनेट सेवा प्रदायकले यसअघि गत बैशाख १ गतेदेखि नै सेवा अवरूद्ध पार्ने धम्की दिंदै सरकारलाइ जरिवाना सहितको कर असुलीको निर्णय फिर्ता लिन दबाब दिंदै आएका थिए । इन्टरनेट सेवा प्रदायकले वर्षाैंदेखि कर नतिरेपछि सरकारले ब्रोड ब्याण्ड इन्टरनेट सेवाको भुक्तानीका लागि विदेशी मुद्राको सिफारिश बन्द गरि दिएको छ।

Prabhu
Crest

पीडित ग्राहकका अनुसार वर्ल्ड लिंक, सुबिसु र भाया नेटका ग्राहकले अधिक मात्रामा यस्तो समस्या भोग्नु परेको छ। इन्टरनेट सेवा प्रदायकमध्ये वर्ल्ड लिंकले “हाम्रो अपस्ट्रीम प्रदायकले भुक्तान नगरेको कारणले हाम्रो आन्तरिक लिङ्कहरू विच्छेद गरेको छ,” भन्ने सूचना जारी गरेको छ। “नेपालका आईएसपीहरूले विदेशी मुद्राको लागि नेपाल सरकारबाट अनुमति प्राप्त गर्न असमर्थ भएकाले त्यस्ता भुक्तानीहरू पठाउन नसकेकाले सेवा अवरूद्ध भएको वर्ल्ड लिंकले दाबी गरेको छ।”

अन्तर्राष्ट्रिय मिडियाहरूले नेपालमा इन्टरनेट सेवा अवरूद्ध भएको समाचार भाइरल बनि रहेको छ।

सञ्चार उद्ममी सन्तोष देवकोटाले बिहीबार साँझ भएको इन्टरनेट आंशिकरूपमा अवरूद्ध गर्ने कामा राज्य ठग्न पल्केकाहरुको जमाती सिण्डिकेशनको नमूना भएको भन्दै टिप्पणी गरेका छन् । देवकोटाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, इनले ब्राउजिङ र सफरिङलाई लिमिट गरेका हुन, इनरुको आइपि टिभी बक्सले मज्जाले एचडी क्वालिटिमा टिभी प्रशारण भइरहेको छ। कुनै किसिमले बाहिरबाटै रोकिएको होइन, यसको जाँच होस्। फेशबुकमा पेड क्याम्पेन गरेर राज्य थर्काउञ्जेल सुतेर बस्ने मन्त्रालय र सम्बन्धित निकायसँग सिण्डिकेट विरुद्ध खुट्टा दर्ह्रो बनाएर लाइसेन्स खारेज गर्न के ले रोक्यो, के ले छेक्यो भन्दै प्रश्न समेत गरेका छन् ।

औपचारिकरूपमा कुनै जानकारी नदिए पनि इन्टरनेट सेवा प्रदायकले भारतीय इन्टरनेट ब्याण्डविथ प्रदायक कम्पनीबाटै सेवा अवरूद्ध बनाइएको आशयका समाचारहरू केही मिडियामार्फत् सार्वजनिक गर्न लगाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS