IME Life New

प्रिमियर इन्स्योरेन्सको वार्षिक साधारण सभा असार १९ गते, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले असार १९ गते आफ्नो २६ औं वार्षिक साधारण सभा गर्ने भएको छ। जेठ २९ गते बसेको कम्पनीको २८३ औं सञ्चालक समितिको बैठकले उक्त साधारण सभा गर्ने मिति तय गरेको हो।

सभा प्रिमियर भवन नक्सालमा बिहान ११ बजे शुरु हुने जनाइएको छ । साधारण सभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने मुख्य एजेण्डा समेत रहेको कम्पनीले जनाइएको छ ।

Esewa
Crest

यस्तै, सभामा सञ्चालक समितिको आर्थिक वर्ष २०७५/७६ को नाफारनोक्सान हिसाब, वासलात सहितको वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७६र७७ का लागि लेखापरिक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

साधारण सभाका लागि कम्पनीले असार ४ गतेदेखि शेयर दाखिला खारेज गर्ने भएको छ । यसअनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीले मात्र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले बीमा समितिले तोकेको एनएफआरएस वित्तीय विवरण प्रकाशन गर्नुपर्ने भएकाले जगेडा तथा कोषहरु व्यवस्थापन गनुपर्ने भएकाले आर्थिक वर्ष २०७५ /७६ को लाभांश वितरण नगर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS